AArya
RUMPUM
animated ellipse animated ellipse

यूवा संघ नेपालको कार्यालय विराटनगरमा स्थापना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ बैशाख २०७५, आईतवार १६:१७
3
Shares
विराटनगर, २ बैशाख / यूवा संघ नेपालको प्रदेश नम्बर १ को कार्यालय विराटनगरमा स्थापना भएको छ ।

मेनरोडस्थि राष्ट्रिय बाणिज्य बैंकको छेउस्थित एक घरमा आजदेखि सञ्चालनमा ल्याइएको प्रदेश कार्यालयको नेकपा एमालेको भातृ संगठन यूवा संघका पूर्व अध्यक्ष एवम् सांसद महेश वस्नेतले उदघाटन गरेका छन् । उदघाटन गर्दै सांसद वस्नेतले यूवा संघले प्रदेश १ को कार्यालय विराटनगरमा स्थापना गरेर प्रदेशको स्थाई राजधानी विराटनगरनै हुनु पर्ने बिषयमा आफ्नो सांकेतिक अभिमत प्रस्तुत गरेको बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकको आर्थिक सम्वृद्धिमा सघाउ पुग्ने धारणा समेत ब्यक्त गरे ।

यूवा संघका केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज पर्शुराम बस्नेतले संघको प्रदेश कार्यालय स्थापनाले विराटनगर स्थायी राजधानी वनाउँनमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका मोरङ अध्यक्ष बिनोद ढकाल,उपाध्यक्ष रामलाल साह,पूर्व मोरङ अध्यक्ष महेश रेग्मी,उद्योग संगठन मोरङका बरिष्ठ उपाध्यक्ष भीम घिमिरे,मोरङ ब्यापार संघका वरीष्ट उपाध्यक्ष प्रकाश मुन्डडालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर