RUMPUM
animated ellipse animated ellipse

धिमाल जातिहरु जात्री पर्वमा रमाउदैं

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ बैशाख २०७५, आईतवार १६:०१
3
Shares
तस्बिर : बिजय धिमाल
उर्लाबारी,२ बैशाख / प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको आज गतेदेखि आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । आजदेखि शुरु भएको जात्री पर्व असार २ गतेसम्म धिमाल समुदायले मनाउँछन् ।


नयाँ बर्षको आगमनसँगै यो जात्री पर्व सुरु हुने गर्छ । धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा बैशाख २ गते मेला लगाएर जात्री पर्व शुरु हुन्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बली दिएर दिइन्छ । भोगटेनीबाट सुरु भएपछि धिमालका वस्तीको टोलटोलमा यो पर्व मनाउँने गर्छन् । प्रकृति पुजक धिमालहरु रोग व्याधी नलागोस वाली विरुवालगाउने वेलामा वर्षात होस, जंगली जनावरले दुःख नदियोस भन्ने कामनासहित महाराजथानमा गएर सामुहिक पूजा आजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालहरुले यी समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पुरा भएपछि यसलाई निरन्तरता दिदै मनाउँदै आएको जनविश्वास छ ।

सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगव्याधि नलागोस, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको सञ्चारकर्मी विजय धिमालले बताए । यो पर्वमा धरमठाकुर, लक्ष्मी, चौमाझी, बुढा ठाकुरलगायतको पूजा गरिने उनले जानकारी दिए । यस पर्वले धिमाल जातीमा आपसी सम्बन्धमा प्रगाण बनाउँदै बन्धुत्वको भावना विकास गराउने धिमाल अगुवाहरु बताउँछन् । असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका ९८ वटै टोलहरुमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँ गाउँमा मेलाको आयोजना हुने गरेको छ ।

जात्रीमा धिमालहरु आफूले भाकल गरे अनुसार वस्तु चढाउने पनि गर्दछन् । धिमालहरुले दुख– बिराम निको होस, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकल अनुसारका वस्तु चढाउने गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’,‘बगिया’ लगायतका परिकार खुवाउने पनि गरिन्छ । धिमालहरु वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् । मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति बिकास केन्द्रको परियोजनास्थलमा दुई महिना पश्चात साँस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ । मेलामा ढोलको आवाज ढङ ढङ‘ आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर