AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा आजदेखि बिग होटल सञ्चालनमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ बैशाख २०७५, शनिबार २२:१०
3
Shares
बिराटनगर,१ बैशाख / आज नेपालीहरुको नँया वर्षसँगै आजदेखि नयाँ नयाँ काम र व्यापार व्यावसाय गर्नेहरु धेरै रहेका छन् । यसैविच १ नम्बर प्रदेशको राजधानी विराटनगरमा आजदेखि बिग होटल सञ्चालनमा आएको छ । विराटनगर ९ रोडशेष स्थित ६ तल्ले “बिग होटल” आज नयाँ बर्ष २०७५ सालसँगै बिराटनगरमा सञ्चालनमा आएको हो ।


करिब ५० करोडको लगानीमा सञ्चालनमा आएको विग होटलका एमालेका नेता तथा पूर्व प्रधानमंन्त्री झलनाथ खनालले आज साँझ एक समारोहका बिच बिग होटलको उदघाटन गरेका छन् ।

‘तीन बर्ष पहिला देखि नै विराटनगरमा विग होटलको भवन निर्माणको शुभराम्भ गरेका थियौ, होटलका व्यावस्थापक केशवप्रसाद पौडेलले भने, आज आएर होटलको निर्माण कार्य सकिएकोले नयाँ बर्षको दिन होटल सञ्चालनमा आएको व्यावस्थापक पौडेलले जानकारी दिए । विराटनगरमा एउटा फरक शैलीमा होटललाई सञ्चालनमा ल्याईएको उनले बताए । विराटनगरको गर्मीलाई छल्न स्वीमिङ पुल सहित एसी जडित कोठाहरु रहेका छन् । करिब ५ सय क्षमता भएको दुई वटा सेमिनार हल रहेको विग होटलले जनाएको छ ।

होटलमा लामो समय देखि विदेश तथा नेपालका स्टार लेवलका होटलमा अनुभव भएका कुक, वेटर तथा कर्मचारीहरुले सेवा दिने होटेलले जनाएको छ । होटलमा हरेक साताको एक दिन राष्ट्रिय स्तरका गायक गायिकाबाट लाईभ कार्यक्रमको पनि व्यावस्था गरिने जनाएको छ । होटलको बाहिरी भागमा कफीसप तथा रेष्टुराको पनि छुटै व्यावस्था रहेको होटलले जनाएको छ । होटलमा एसी सहतिको डिलक्स ५७ वटा कोठा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर