AArya
RUMPUM
animated ellipse animated ellipse

गोयलले गुरुकी नातिनीलाई पढाउँने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० चैत्र २०७४, शुक्रबार १९:४९
3
Shares
विराटनगर, ३० चैत / वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले आफ्ना विद्यालय गुरुकी एक नातिनीलाई एमबिबिएस्सम्म पढाउने प्रतिबद्धता प्रकट गरेका छन् ।

तत्कालीन भद्रपुर हाइस्कुलका अङ्ग्रेजी शिक्षक आरके मुखिया (दार्जिलिङ सर)–की नातिनी नेहा सुनुवारलाई समाजसेवी गोयलले एमबिबिएस् सम्मको अध्ययन गराउने वचनबद्धता प्रकट गरेका हुन् ।

हाल ११ कक्षामा अध्ययनरत नेहाले दुई वर्षको शिशु अवस्थामै आमा गुमाएकी थिइन् । उनका बाबु रविकुमार मुखिया लामो समयदेखि विकलाङ्ग भई काम गर्न नसक्ने अवस्थामा छन् ।

आरके मुखिया अर्थात् दार्जिलिङ सरले उद्योगी गोयल र उनका दाजुहरू महावीर र स्वर्गीय ओमप्रकाशलाई पनि अध्यापन गराएका थिए ।

भद्रपुरस्थित कृष्ण द्वैपायन गुरुकुल वेदाश्रमको आज सम्पत्र १३ औँ वार्षिक साधारण सभामा गोयलले नेहालाई आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका स्मृतिमा एमबिबिएस् सम्मको अध्ययन गराउने घोषणा गरेका हुन् ।

नेहा हाल भद्रपुरकै विभूति विद्या मन्दिरमा कक्षा ११ मा अध्ययनरत छिन् । उनले कार्यक्रममा आफू धेरै पढेर डाक्टर बन्ने र गाइनोकोलोजिस्ट (स्त्री तथा प्रसूति रोग विशेषज्ञ) हुने इच्छा प्रकट गरेकी थिइन् ।

समाजसेवी गोयलले नेहालाई वेदाश्रमका नामबाट एक वर्षको छात्रवृत्तिस्वरूप ३० हजार रुपैयाँ प्रदान गर्दै कक्षा १२ मा पनि छात्रवृत्ति जारी राख्ने वचन दिए ।

उनले नेहालाई कलेजको पोशाक २ जोर प्रदान गरे । दशैँमा पनि २ जोर कपडा दिने आश्वासन दिए । साथै पढेर उच्च अङ्क ल्याउँदै अघि बढेमा र एमबिबिएसमा नाम निकालेमा त्यसपछिको खर्च ब्यहोरिदिने दोहो¥याए ।

कार्यक्रममा आश्रमका पुराना विद्यार्थी र ६ वृद्धवृद्धालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर