AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा १८ वटा ईट्टा उद्योगमा एउटा उद्योग मात्र बालश्रम मुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७४, बिहीबार १७:५६
3
Shares
विराटनगर,२९ चैत / मोरङमा करिब १८ वटा इटा उद्योग रहेको जिल्लामा १ वटा ईट्टा उद्योग मात्र बालश्रम मुक्त राखेर सञ्चालनमा आएको पाइएको छ ।

बेटर ब्रीक नेपाल र ग्लोवल फेयरनेस इनिसियटिभले संयुक्त रुपमा गरेको सर्वेक्षण अनुसार एउटा उद्योग मात्र बालश्रम मुक्त रहेर सञ्चालनमा आएको पाइएको हो । उक्त संस्थाले विराटनगरमा आज पत्रकार सम्मेलन गरी नेपालको ४६ वटा जिल्लाहरुमा १ हजार २ सय ९४ वटा ईट्टा उद्योग सञ्चालन रहेको जानकारी दियो । जसमध्धे तराई क्षेत्रको जिल्लाहरुमा बढी ईट्टा उद्योगहरु रहेका छन् । मोरङमा करिब १८ वटा ईट्टा उद्योग रहेकोमो एउटा इटा उद्योगले मात्र बालश्रम मुक्त ईट्टा उद्योगको रुपमा सञ्चालनमा आएकोे ग्लोवल फेयरनेस इनिसियटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले जानकारी दिए । मोरङको धनपालनथान गाउँपालिका – ६ मा हरेको आनन्द ईट्टा उद्योगले मात्र बालश्रमुक्त ईट्टा उद्योगको रुपमा सञ्चालन गरेको छ ।

आनन्दको ८ वटा इटा उद्योग रहेको भए पनि एउटा उद्योगले मात्र गरेको छ भने क्रमशः अरु उद्योगले समेत बालश्रम मुक्त उद्योग बनाउने आनन्त ईट्टा उद्ययोगका सञ्चालक दिलिप बगडियाले प्रतिबद्धता जनाएको इनिसियटिभका निर्देशक आचार्यले बताए ।

त्यस्तै तनुहमा ३ वटा, गोर्खा, कपिलबस्तुलगायतको जिल्लाहरुमा १÷१ वटा ईट्टा उद्योगले बालश्रम मुक्त उद्योगको रुपमा सञ्चालन गर्न सफल भएको छ । बेटर ब्रीक नेपाल र ग्लोवल फेयरनेस इनिसियटिभको संयुक्त रुपमा १४ जिल्लाको ४० वटा ईट्टा उद्योगमा ‘बालश्रमुक्त र श्रम शोषण मुक्त’ अभियान सुरु गरेको जानकारी दिए । १० लाखले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ईट्टा उद्योगमा रोजगारी पाएको ३२ हजार बालश्रमीकले ईट्टा उद्योगमा श्रम गर्दै आएको बेटर ब्रीक नेपाल र ग्लोवल फेयरनेस इनिसियटिभल सर्वे गरेको तथ्याङमा उल्लेख छ ।

प्रदेश ३ को अस्थायी राजधानी हेटौडाबाट सुरु भएको यो अभियान अहिले प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा आइपुगेको आचार्यको भनाई छ । उनका अनुसार अब पोखरा र काठमाण्डौमा यस्तो अभियान सुरु गर्ने जानकारी दिए । उनले ईट्टा उद्योगमा परिवर्तन ल्याउन अभियान सुरु गरेको बताए । ‘लामो सयमको रिर्सच पछि इटा उद्योग धेरै समस्या देखे,’ उनले भने, ‘उद्योगमा बालश्रमको प्रयोग, श्रमको शोषण हटाउन र ईट्टा उद्योगलाई सामाजिक रुपमा जिम्मेवार बनाउन यस संस्था लागि पर्नेछ ।’ उनले राम्रो काम गर्ने उद्योगलाई प्रोसान गर्ने निती सरकारले ल्याउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर