पूर्वाञ्चल खबर
नारीवादी आन्दोलन र विद्राेहका स्वरुपहरु फरक–फरक भएपनि उनीहरुको उद्देश्य शारीरिक, सामाजिक, आर्थिक र राजनीतिक स्वतन्त्रता प्राप्त गर्दै पुरुषसँग समानान्तर स्थान हासिल गरेर आफूलाई स्थापित गर्नु हो, पुरुषहरु माथि शासन गर्नु होइन भन्ने सोधपत्रले विश्लेषण गरेको छ ।
२०५६ सालदेखि रंगेली क्याम्पसबाट प्राध्यापन सुरु गरेका कट्टेलले विराटनगरको स्नातकोत्तर क्याम्पस, सिटी कलेज, जनता कानुन क्याम्पसमा अध्यापन गराएको अनुभव छ ।
कट्टेलले पूर्वाञ्चल विश्वविद्यालयमा अंग्रेजी विषय समितिमा सदस्य भई चार वर्ष काम गरिसकेका छन् ।
उनले भारतको जैन विश्वभारती विश्वविद्यालय राजस्थान, तिल्का माझी भागलपुर विश्वविद्यालय र नेपालको पूर्वाञ्चल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय काठमाडौंमा भएका अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिइसकेका छन् ।
हाल उनी महेशविक्रम शाहका कथाहरुमा अभिघात सिद्धान्तको प्रयोग गर्दै लघु अनुसन्धान कार्यलाई अगाडि बढाउँदै खोज तथा अनुसन्धान कार्यलाई निरन्तरता दिइरहेका छन् ।
खोज तथा अनुसन्धानको क्षेत्र जस्तै लघुकथा, कथा, लघु उपन्यास तथा उपन्यासको समालोचनालाई नै अभिघात भनिन्छ ।
कट्टेलका एक दर्जन अनुसन्धानात्मक लेखहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भैसकेका छन् ।