RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शनको वार्षिक उत्सव सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७४, सोमबार १५:५९
3
Shares
विराटनगर, २६ चैत / विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजले पाँचौै वार्षिक उत्सव मनाएको छ ।

कलेजकोे प्राङगणमा सोमबार विविद्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवमा विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रमको आयोजना गरी उपस्थीत अतिथी, अभिभावक,शिक्षक तथा विद्यार्थीहरुलाई दिन भर मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा बोर्ड परीक्षा , आन्तरीक परीक्षा तथा आन्तरीक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सुर्यप्रसाद संग्रौला, विराटनगर महानगरपालीका प्रमुख भीम पराजुली, पूर्वाञ्चल विश्व विद्यालयका सह–नियन्त्रक तेजराज गिरी, कलेजका प्रमुख निर्देशक शैलेन्द्रराज सिवाकाटी, कलेजका क्याम्पस प्रमुख भरत सापकोटा र कलेजका निर्देशक वेदप्रसाद संगौलालगायतले बोलेका थिए । कलेज व्यवस्थापन समीतीका अध्यक्ष भेषराज शर्मा खतिवडाको सभापतित्वमा वार्षिक उत्सव सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर