RUMPUM
animated ellipse animated ellipse

आचार्य श्रीनिवास माथी गोली प्रहार भएको विरोधमा हिन्दुवादी संघसंस्थाद्वारा विराटनगरमा विरोध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७४, आईतवार १८:५१
3
Shares
विराटनगर २५ चैत । धार्मिक गुरु आचार्य श्रीनिवास माथी गोली प्रहार भएको विरोधमा हिन्दुवादी संघसंस्थाले आज विहान विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।

विराटनगरमा रहेका ओमकार परिवारले आजै बिहान १० बजे पत्रकार सम्मेलन गरी आचार्यमाथिको आक्रमण समस्त हिन्दूहरुमाथि भएको भन्दै विरोध गरेका हुन् ।
आचार्य श्रीनिवासलाई गोली हानेको विरोधमा हिन्दू संघसंस्थाले विराटनगरको धरान विराटनगर चल्ने यातायाता केहीबेर अवरोध गरेका थिए ।

करिब आधा घन्टाजति गरीएको अवरोधका कारण सर्वसाधरण तथा यात्रु चालकहरुलाई समस्या परेको थिए । उनीहरुले हिन्दुराज्य कायम गर , विदेशी धर्म चाहिदै, गोली हान्नेलाई कारबाही गर, हिन्दु धर्मको विरोध गर्न पाईदैन भन्दै नारावाजी गरेका थिए ।

आाचार्य श्रीनिवासलाई आजै विहान २ बजे गोली प्रहार भएको थियो । घटनास्थलमा गोलीका दुई वटा खोका भेटिएको मोरङका प्रहरीले जनाएको छ । दाहिने कुममा गोली लागेका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार भएको घटनास्थलमा घटना स्थालमा खबरदारी र होसियार ‘हिन्दुधर्मका दलालहरुको ’शिर्षकको एउटा पर्चा भेटिएको छ । पर्चामा आदिवासी मंगोल समुदायलाई आचार्यले हेप्ने गरेको र हिन्दूवादी भएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको छ । श्रीनिवास आचार्य हिन्दूराज्य नेपालको स्थापनार्थ अभियान चलाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर