खबर पूर्वाञ्चल
विद्यालयलका बालबालिकाले आफ्नो चार वर्षको पूर्व प्राथमिकतहको शिक्षा सफलता पूर्वक पूरा गरी प्राथमिकतहमा प्रवेश गरेका ३५ जना विद्यार्थीलाई चैतन्य प्रदीप्ति उपाधि प्रदान गरेको हो । विद्यालयले समय समयमा विद्यार्थीहरूको वौद्धिक क्षमता अभिवृद्धि गर्न खेलकुद, संगीत, नृत्य, वादविवाद, निबन्धलगायतका कार्यक्रम गर्दै आएको छ ।
विद्यार्थी चैतन्य प्रदीप्ति समारोहका प्रमुख अतिथि बलराम पोखरेलले भने, “हामीले साना नानीलाई सबै कुरामा सम्बोधन गर्नुपर्छ किनभने त्यसबाट उनीहरुले मायाममता पाउँछन् । हाम्रो समयको शिक्षा र अहिलेको शिक्षामा धेरै नै फरक छ ।” पोखरेलले भने, “हामीले समय सापेक्षको शिक्षा बुझ्दै, त्यसलाई अघि बढाउनु पर्छ । हामी सबै अभिभावकले विगतमा भोगेका तितामीठा समस्यालाई सम्झनु पर्छ । हामी अभिभावक वा शिक्षकले ‘घोकन्ते’ विद्याका नाममा बालबालिकालाई कुट्दै पढाउनु हुँदैन । बालबालिकाको मनोभावना बुझेर उनीहरु के गर्न रुचाउँछन् र कसरी पढ्न वा नयाँ कुरा सिक्न चाहन्छन्, त्यसतर्पm सबैले विचार पु¥याउनु पर्छ ।”
त्यसैगरी कार्यक्रममा विद्यालयकी प्रिन्सीपल एलिना बस्नेतले भनिन्, ‘वर्षभरि विद्यार्थीहरुले मेहनत गरेर प्राप्त गर्नु भएको उपलब्धिको सम्मान स्वरुप र परिवर्तनशील समयसँगै आउने अवसर र चुनौतीहरुको सामना गर्दै सफलताको शुभकामना प्रदान गर्न यो कायक्रमको आयोजना गरेका हौं ।’
विद्यालयका उपाधि प्राप्त गर्नुहुने विद्यार्थीहरुलाई प्रमुख अतिथि बलराम पोखरेलले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रम विद्यालयका अध्यक्ष कर्णाखर उपाध्याय पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक विनोदकुमार यादव, विद्यालयका संयोजक मानबहादुर खड्का, सहायक प्रिन्सीपल एसएन आचार्यलगायतको उपस्थिति रहेको थियो ।