RUMPUM
animated ellipse animated ellipse

विराट गोल्ड कपमा जाजुले रिजाललाई पन्छाउँदै सेमिफाइनलमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ चैत्र २०७४, सोमबार २१:५०
36
Shares
विराटनगर, १९ चैत/ कटारी गोल्डकपको विजेता महेश जाजुको रमपम झापा ११ विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

आज राती विराटनगरको शहिद मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा नविन रिजालको टिमलाई पेनाल्टी सुट आउटमा ५–३ को गोल अन्तरले जाजसको झापाले पराजित गरि सेमीफानलमा प्रवेश गरेको हो । झापा २०७१ सालको विराट गोल्डकपको बिजेता हो ।

पेनाल्टी सुट आउटमा झापा ११ का योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरीङ गुरुङ, देवेन्द्र तामाङ र माइकल मिचेलले गोल गरी टिमको जित सुनिश्चत गरे । मोरङको तर्फबाट दिपक राई, अशोक खवास, बुद्धिमान राईले गोल गरेका थिए भने साइमान लिम्बुको प्रहार बाहिरियो ।

निर्धारित समय र थप गरिएको अक्तिरिक्त समयमा ३–३ गोलले बरावरी भएपछि खेल टाइब्रेकरबाट खेलको छिनोफानो भयो । जीतसँगै झापाले चैत २१ गते हुने नेपाल पुलिस क्लब र नेपाल आर्मी क्बलबीचको बिजेता टीमसँग सेमिफाइनल खेल खेल्नेछ ।

आक्रमक रुपमा लयमा देखिएको मोरङ ११ खेलको २१ औं मिनटेमा कप्तान दिपक राईको गोलमार्फत अगाडी बढेको थियो । बीस यार्डबाट प्रहार गरेकोे फ्रि किकलाई कप्तान राईले सोझै गोल गरी टिमलाई अग्रता दिलाए । झापाका पुजन उपरकोटीले मोरङका बुद्धिमान राईलाई फल गरेपछि फ्रि किक पाएको थियो ।

पहिलो गोल गरेको सात मिनेट बित्न नपाउँदै मोरङ ११ लाई अर्को गोल निरज बस्नेतले २८ औं मिनेटमा डिबक्सबाट थपेका थिए ।

प्रतिष्प्रधात्मक खेलमा दर्शकको भरपुर समर्थन बटुलेको मोरङले सुरुवाती अग्रता लिए पनि अन्तिम समय सम्म सम्हालिन नसक्दा नतिजा झापाको पक्षमा गएको हो । खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको समयमा पनि दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । खेलको २१ औं मिनेटमा कप्तान दिपक राईले डिबक्स लाइन नजिकैबाट गरेको फ्रिकिक प्रहारले जाली चुम्दा मोरङले अग्रता लिएको थियो ।

झापाका पुजन उपकोटीले बुद्धिमान राईलाई फउल गरेपछि मोरङले यो अवसर पाउँदा झापा दवावमा प¥यो । त्यसको सात मिनेट पनि वित्न नपाउँदै मोरङले अग्रता दोब्बर बनायो । २८ औं मिनेटमा निशान लिम्बूको क्रस पासमा निरज बस्नेतले डिबक्स भित्रबाट गरेको हेड प्रहारले पोष्टको दिशा लिंदा खेल २–० अन्तरमा पुग्यो ।

मोरङका सुशील राईसंग जुध्दा झापाका डिफेन्स दिलेन लोक्ताम घाइते भए । टाउकोमा चोट लागेपछि उनलाई मैदानबाटै उपचारका लागि विराट नर्सिङ होम पठाइयो । उनका ठाउँमा छिरिङ गुरुङ प्रवेश गरे । मुख्य डिफेन्स नै घाइते भएको मौका छोपेर मोरङले झापामाथि २–० को अग्रता बनाउन सकेको हो ।

३१ औं मिनेटमा झापाका अफ्रिकन खेलाडी माइकल लाइजेलको क्रस पासमा कर्ण लिम्बूले विपक्षी डिफेन्सलाई विट गर्दै प्रहार गरेको बलले जाली चुमेपछि खेल २–१ को अवस्थामा आयो । पहिलो हाफ २–१ को अवस्थामा गुज्रियो ।

५० औं मिनेटमा मोरङले आत्माघाती गोलको उपहार पाएपछि झापा थप दवावमा प¥यो । निशान लिम्बूको प्रहारलाई क्लियर गर्न खोज्दा झापाका मुफ्ता लावलले मोरङलाई आत्माघाती गोलको उपहार दिएपछि खेल ३–१ मा आइपुग्यो । ५८ औं मिनेटमा झापाले गोल फर्काउँदै खेललाई ३–२ को अवस्थामा ल्यायो । विश्वास श्रेष्ठको फ्रिकिकमा माइकल लाइजेलले हेड गर्दै उत्कृष्ट ढंगबाट गोल गरेर झापालाई आशा दिलाए ।

खेल सकिन दुई मिनेट मात्रै बाँकी छँदा झापाले खेललाई ३–३ को बराबरीमा ल्याउन सक्यो । ८८ औं मिनेटमा छिरिङ गुरुङको लङपासमा अवुवकर याकुवले विपक्षी गोल रक्षक सूर्य अधिकारीलाई विट गर्दै हेडमार्फत गोल गर्दा झापा खेलमा फर्कियो । त्यस लगत्तै मोरङ १० खेलाडीमा सिमित बन्यो । डिबक्स भित्र विपक्षी खेलाडीलाई कुटेको भन्दै रेफ्री श्रवण लामाले मोरङका डिफेन्स निरज बस्नेतलाई रातो कार्ड दिएपछि मोरङ १० खेलाडीमा खुम्चिन पुग्यो । तर पनि झापाले थप गरिएको ३० मिनेटको समयमा मोरङ विरुद्ध गोल गर्न सकेन ।
गोल गर्नका लागि पाएका पाँचवटा सुन्दर अवसरलाई खेर फाल्दा मोरङ नतिजा छिमेकी टिमलाई सुम्पन बाध्य भयो । अतिरिक्त समयको २२ औं मिनेटमा भुवन बस्नेतको काउन्टर एट्याक पोलमा लागेर फर्कनु मोरङका लागि दुर्भाग्यपूर्ण बन्यो । झापाले पनि गोल गर्नका लागि पाएका चारवटा राम्रा अवसरको सदुपयोग गर्न सकेन ।

मोरङका प्रशिक्षक पारश चौधरीले लाइन्स मेनको गलत निर्णयका कारण हार भएको बताए । खेलाडीले चित्त बुझ्दो र उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा लय गुमाउँदा पराजय भोग्नु परेको बताए । ‘अन्तिम समयमा सम्हालिन नसक्दा हार भयो,’ चौधरीले भने, ‘हारको अर्को मुख्य कारण लाइन्स मेनको गलत निर्णय पनि हो ।’

झापाका प्रशिक्षक प्रवेश कटवालले पहिलो पटक फ्रडलाइटमा रात्रिकालीन खेल खेल्नु पर्दा खेलाडीलाई समस्या भएको बताए । ‘हाम्र खेलाडीलाई मैदान नौलो भएकाले पनि समस्या हुन गयो,’ उनले भने, ‘त्यही भएर नजिजा हात पार्न निक्कै संघर्ष गर्नु प¥यो ।’ यस अघिका प्रतियोगितामा पनि झापाले मोरङमाथि जित हात पार्दै आएको थियो । खेलको म्यानअफ दी म्याच झापाका अवुवकर याकुव घोषित भए । मंगलबारको खेलमा संकटा क्लब र सशस्त्र प्रहरी बल काठमाडौंबीच प्रतिष्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर