खबर पूर्वाञ्चल
स्कूल परिसरमा आज एक कार्यक्रम आयोजना गरी उक्त स्कूलबाट एसईई परीक्षा दिएका ३८ जना विद्यार्थीहरुलाई विदाई गरेको हो ।
विद्यार्थीहरुलाई स्कूलले मायाको चिनो, अविर मालाले विदाई गरेको थियो । स्कूलका प्रिन्सीपल प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई मायाको चिनो दिएर विदाई गरेका थिए । विदाई कार्यक्रममा बोल्दै प्रिन्सीपल सुवालले विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना समेत दिए ।