RUMPUM
animated ellipse animated ellipse

क्रिकेट लिग खेल्न मारवाडी यूवा मञ्चका खेलाडी प्रस्थान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७४, शुक्रबार २०:१९
9
Shares
विराटनगर, १६ चैत / काठमाण्डौंको कीर्तिपुरमा चैत १८ गते हुने नेपाल मारवाडी क्रिकेट लिगको फाइनल खेल्न विराटनगरबाट मारवडी यूवा मन्चका खेलाडीहरु काठमाण्डौतर्फ प्रस्थान गरेका छन् ।

मारवाडी यूवा मञ्चको सदस्य मनोज सोनीले क्रिकेट खेलाडीहरुको प्रतिनिधित्व गर्दै काठमाण्डौतर्फ खेलाडीहरु प्रस्थान गरेका हुन् ।

खेलाडीहरुलाई मारवाडी युवा मञ्चले आज विराटनगरको शनिहाटमा रहेको मारवाडी सेवा सदनमा एक कार्यक्रमको विच विदाई गरेको थियो । मारवाडी यूवा मञ्च विराटनगर फाइनलमा भैरवा मारवाडी यूवा मञ्चसँग प्रतिस्पर्धा गर्ने विराटनगरका क्याप्टेन कपिल बाहेतीले जानकारी दिए । २० जना क्रिकेट खेलाडीहरु काठमाण्डौतर्फ फाइनल खेल्न गएको मारवाडी यूवा मञ्चको उपाध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । ‘यस अघि पनि काठमाण्डौमा भएको नेपाल मारवाडी क्रिकेट लिगमा विराटनगरमा टिमले उपाधि जितेको थियो,’ टिमका कप्तान कपिलले भने, ‘यस पटक पनि उपाधि दो¥याएर विराटनगर आउनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर