खबर पूर्वाञ्चल
आयोजक समितीले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका जनाएको छ । आयोजक समितीका अध्यक्ष नविन रिजालका अनुसार प्रतियोगिताको सवै काम लगभग अन्तिम चरणमा पुगेको छ ।
विराटनगरको शान र गौरवका रूपमा लिइने यस प्रतियोगितामा नेपाल, भारत, र भूटानका गरी १० वटा टिम सहभागी टिमको टुङ्गो लागेको अध्यक्ष रिजालले जानकारी दिए । भूटानको थिम्पु फुटबल क्लब, र भारतको मोहम्डन स्पोर्टिङ क्लब कलकत्ता, नेपालका मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस क्वल, नेपाल आर्मी क्लब, संकटा क्लब, रमपम झापा–११ र रिजालको मोरङ–११ गरी आठ वटा फुटबल टिमले सहभागि जनाउने छ । प्रतियोगिता फिफाको र एन्फाको नियम बमोजिम सञ्चालन गरिने आयोजकले जनाएको छ । यस अघिको सस्करणको विजेता नेपाल पुलिस क्लब रहेको छ ।
प्रतियोगितालाई मारुती सिमेन्ट र रमपम चाउँचाउ मुख्य प्रायोजक गरेको छ भने मुख्य प्रवद्र्धकमा विराटनगर महानगरपालिका रहेको छ । त्यस्तै अर्ना बियर, म्याजिक चप्पल, सेन्चुरी मसला, डेल्टा टायर, आरती स्ट्रिप्स, रिजालको, बाबा गुड हेल्थ सनफ्लावर आयल, र सिद्धार्थ इन्स्युरेन्स प्रायोजक रहेका छन् ।
यसैगरी प्रवद्र्धकमा मोरंग व्यापार संघ र जिल्ला समन्वय समिति मोरंग छन् । विराट गोल्ड कपलाई मोरङ्ग जिल्ला खेलकुद विकास समिति र मोरङ जिल्ला फुटबल संघले प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ ।
सो प्रतियोगिताको विजेता टोलीलाई शिल्डसहित रु १२ लाख ७१ हजार तथा उपविजेता टोलीलाई रु पाँच लाख ५१ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
यसका साथै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजार तथा ‘म्यान आफ दि सिरिज’ घोषित खेलाडीका लागि शिल्ड र मोटरसाइकलको पुरस्कार व्यवस्था गरिएको छ ।
त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट व्यवस्थापक र फेयर प्ले टिमका उत्कृष्ट सबैलाई २५÷२५ हजार राशिको पुरस्कार प्रदान गरिने छ ।
खेल प्रेमी दर्शकलाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने, यूवामा फुटबलप्रति आकर्षण गराउने, उत्कृष्ट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने, स्थानीय खेलाडीलाई विदेशी खेलाडी सित खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यावसायिक स्वरूप प्रदान गर्ने र विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने गोल्डकपका मुख्य उद्देश्य रहेको अध्यक्ष रिजालले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटनको अवसरमा प्रतियोगिता भन्दा पहिले १२ वर्ष मुनिका ५० खेलाडीसँग राष्ट्रिय स्तरका खेलाडीले मनोरञ्जनात्मक खेल प्रदर्शन गर्ने छन् ।
प्रतियोगिताका हरेक खेल हेर्न चाहने खेलप्रेमीकालागि दैनिक टिकटका साथै रु. १५ सयको सिजनल टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिताका महिलालगायत सबै खाले दर्शकको सुरक्षालाई दृष्टिगत गरी सुरक्षा व्यवस्थापन अन्तरगत सिसी टिभीको व्यवस्था गरिएके आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रवद्धनको लागि शुक्रबार दिउँसो ३ बजे शहिद रंगशालाबाट मोटरसाइकल ¥याली निकालेर नगर परिक्रमा गराइने छ । प्रतियोगिताको पहिलो खेल आयोजकको रिजालको मोरङ–११ र भुटानको भूटानको थिम्पु फुटबल क्लबविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।