AArya
RUMPUM
animated ellipse animated ellipse

सिलुगुडी विजयी भई सेमिफाइनलमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ चैत्र २०७४, बुधबार १७:३१
3
Shares
तस्वीर-वरुण मिश्रा
पुष्पराज थपलिया
जोगबनी, १४ चैत / विराटनगरको सिमावती जोगबनीमा जारी इन्डो नेपाल क्रिकेट प्रतियोगितामा आज भएको खेलमा सिलुगुडी विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।

जोगबनीको हाइस्कूलमा भएको खेलमा पटनालाई ८ विकेटले पराजित गर्दै सिलुगुडी सेमीफाइनलमा प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ गरेको पटनाले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सवै विकेट गुमाई ९६ रनक झिनो योगफल तयार पारेको थियो । पटनाका रजनिस थादवले २२ रन र आकाश राजले १९ रन जोडे । सिलुगुडीका मो. आलम, दिपक र मेडीले २–२ विकेट लिए ।
ज्वाफमा ९६ रनको झिनो लक्ष्य पछ्याएको सिलुगुडीले १२ दशमलव १ बलमा २ विकेट गुमाई लक्ष्य पार गरेको थियो । सिलुगुडीका म्यान अफ द म्याच अरविन्दले नटआउट ५० रन बनाउँदा सन्दीपले २१ रन जोडे । पटनाका रुपेश र अनितले १–१ विकेट बाँडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर