RUMPUM
animated ellipse animated ellipse

कृषिमा आत्मानिर्भर बनाउँन प्रतिबद्धता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ चैत्र २०७४, मंगलवार २०:५२
3
Shares
विराटनगर, १३ चैत/ दुग्ध बिकास संस्थान विराटनगरमा प्रदेश नम्बर१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले राजनैतिक परिवर्तनले जनताको जीवन स्तरमा गुणात्मक परिवर्तन आउनु पर्ने बताएका छन् । राजनैतिक अस्थिरताले संस्थानहरु को अवस्था खराव भएको बताउदै उनले बामपंथी सरकारले यसलाई सुधार गर्ने बताए ।

पानी भन्दा सस्तोमा दूध बेच्ने बाध्यतामा किसानहरु रहेको बताउँदै उनले दूध संकलनलाई ब्यवस्थित गर्न सुझाव दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै आङबोले
कृषिमा आत्मानिर्भर बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद कुसुम श्रेष्ठले १ नम्बर प्रदेश कृषिमा उर्बरभूमि भएकाले हुनाले प्रदेश सरकाले कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै संस्थानका टेक्निकल अफिसर दामोदर ढकालले किसानलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले ल्याउनुपर्ने सुझाब दिए । उनले कृषि पेशालाई आत्मनिर्भर बनाउन पूर्वाधारमा लगानी गर्नुपर्ने पनि बताए । निजी क्षेत्रसंग अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने ढकाल भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर