खबर पूर्वाञ्चल
शिक्षालयले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि अमेरिकी प्राविधिक सहयोगमा आगामी वैशाख देखि प्ले ग्रुपदेखि यूकेजी सम्मको अध्ययन मेन्टेश्रीकी निर्देशक श्रुति शर्माद्धारा वताइन् ।
निर्देशक शर्मा, अनिताकुमारी देव, रोहित शर्मा र निशा श्रेष्ठको संयुक्त ३० लाखको लगानीमा मेन्टेश्री सञ्चालनमा आएको हो । मेन्टेश्रीमा वालवालिकालाई उचित सुरक्षाको प्रवन्धका साथै पौष्टिक खाद्य पदार्थ खुवाउने व्यवस्था गरिएको निर्देशक शर्माले जानकारी दिइन् । दक्ष र तालीम प्राप्त शिक्षिकाद्धारा अध्यापन गराइने उक्त मन्टेश्वरीमा प्रत्येक कक्षमा १५ जना वालवालिकाको पठनपाठन हुने व्यवस्था गरिएको छ।
मुलुकभरी यस प्रकारको छ वटा मन्टेश्वरी सञ्चालनमा आएको र अध्ययनका लागि न्यूनतम रु ५ हजार शुल्क लाग्ने स्कूलले जनाएको छ ।