पूर्वाञ्चल खबर
उपाध्यक्ष रेवत लिम्बु, सचिव राकेश दाहाल, उप–सचिव बोधराज बस्नेत, कोषाध्यक्ष एन्जल राई र सदस्यहरुमा पावेल राई, राजु राई, मंगल सुनुवार राई, दिपेश श्रेष्ठ, महेश कार्की, प्रशान्त श्रेष्ठ चयन भएका छन् । वि.सं. २०६५ सालदेखि सक्रिय रहँदै आएको सो क्रिकेट क्लबले स्थानीय स्तरका टुर्नामेन्टहरुमा विजयी हासिल गर्दै आइरहेको छ ।
यस्तैगरी क्लबले भारतको सिक्टीमा भएको खुल्ला क्रिकेट प्रतियोगितामा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको छ भने झापाको समयगढ खुल्ला पूर्वाञ्चल क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ भने छैटौं र सातौं विरेन्द्रनगर च्यालेन्स कपमा उप–विजेता भएको थियो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अरुण राई भावी दिनमा क्रिकेटप्रति रुचि राख्ने भाइहरुलाई प्रोत्साहन गर्दै एकेडेमीको योजना ल्याउने बताए ।