AArya
RUMPUM
animated ellipse animated ellipse

गुणस्तरीय शिक्षाकालागि आवश्यक शिक्षानीति ल्याउने प्रदेश सरकारको तयारी : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७४, आईतवार २१:०१
3
Shares
कटहरी–१ मा स्थापित पशुपति शिक्षा मन्दिरको नव निर्मित भवनको लोकार्पण गदैृ मुख्यमन्त्री शेरधन राई । तस्वीर- पुष्पराज थपलिया
कुमोद अधिकरि
विराटगर, ११ चैत / १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गुणस्तरीय शिक्षाकालागि आवश्यक शिक्षानीति तथा नयाँ पाठयक्रम तयार गर्नेगरी प्रदेश सरकारले कानुन बनाउने बताएका छन् ।

मोरङको कटहरी–१ मा स्थापित पशुपति शिक्षा मन्दिरको नव निर्मित भवनको आज उद्घाटन गर्दै विगतको शिक्षा नितिले मुलुकलाई चाहिने आवश्यक जनशक्ति उत्तपादनगर्न नसकेको बताए ।

स्कूलका प्रिन्सीपललाई  चावी हस्तान्तरण गर्दै समावसेवी गोयल

शिक्षामा निजिक्षेत्रको लगानी आवश्यक रहेको भन्दै मुख्यमन्त्री राईले नाफामुखी सोचभन्दा सेवाको भावनावाट शिक्षामा लगानी हुनुपर्नेमा जोड दिए । विकास निमार्ण संगसंगै शिक्षा , स्वास्थ्यपनी प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेकाले शिक्षा, स्वाथ्यमा निर्धक भएर लगानी गर्न निजिक्षेत्रलाई आग्रह गरे । मुलुकमा राजनीतिक अन्यौल अस्थिरता समाप्त भएकाले अब नयाँ नेपाल बनाउने अभियनामा आफुहरु जुटेको बताए ।

नेपालकालागि भारतीय राजदुत मन्जिव सिंह पुरीले एक नम्वर प्रदेश भारतको तिनवटा प्रदेशसँग जोडिएको प्रदेश भएकाले एक नम्वर प्रदेशको विकासलागी भारत सरकारले सक्दो सहयोग रहने बताए । प्रतिनिधिसभा सांशद शिवकुमार मण्डलले मुलुकको विकासका लागी नया शिक्षा नितिको खाचोे रहेको बताए । कक्षा ७ सम्म अध्ययन हुने दुई तल्ले उक्त विद्यालययको निमार्ण लागत साढे दुई करोड रुपैया रहेको थियो ।

कार्यक्रममा विद्यालय निमार्ण समितिका अध्यक्ष दिनवन्धु गोयल, पशुपती शिक्षा प्रसार समितिका उपाध्यक्ष महाश्रम शर्मा, जग्गा दाता मोहन शर्मा लगायतले नैतिकवान तथा चरित्रवान विद्यार्थी उत्तपादन गर्न विद्यालय फलदायी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर