AArya
RUMPUM
animated ellipse animated ellipse

अव धरानमा अल्फाविटाको शाखा कार्यालय खुल्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७४, आईतवार १९:३९
3
Shares
धरान, ११ चैत । नेपालमा निकै नै प्रतिष्ठा कमाएको एजुकेसन कन्सल्टेन्सी अल्फाविटाको आर्ठौ शाखा धरान खुलेको छ । धरानमा शुक्रबार उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन अल्फाबिटाका प्रमुख द्विराज शर्माले गरे ।

उद्घाटन कार्यक्रममा प्रमुख शर्माले नेपालमा हजारौँ एजुकेशनल कन्सल्टेन्सी खुलेर उच्च शिक्षा आर्जन गर्न विदेश जान चाहने शिक्षार्थीलाई सहज भएको बताए । उनले नेपालमा खुलेका धेरै कन्सल्टेन्सी रहेपनि आँफु पढ्ने बेलामा शैक्षिक परामर्श दिने कुनै कन्सल्टेन्सी नरहेको समेत बताए ।

कार्यक्रममा शर्माले नेपालीले नचाहिने कुरामा खर्च गर्ने गरेको भन्दै यदि सो पैसा शिक्षामा लगानी गर्ने हो भने देशले मुहार फेर्ने बताए ।

अल्फाबिटामा टोफेल, आईइएलटिएस, पिटिइ, सिम्याट, जिम्याटलगायतका कोर्ष अध्यापन गराईने र विभिन्न ११ वटा देश जस्तै  अष्ट्रेलीया, अमेरीका, यूके आदी जस्ता देशका २ सय ५० वटा भन्दा बढी विश्वविद्यालयहरुमा वैदैशी शिक्षाकोलागि भिजा प्रोस्रेसीङ विगत २७ बर्षदेखि गर्दै आइरहेको जानकारी दिइएको छ । अल्फाविटाले केहि दिनमै एसईईका बिद्यार्थीका लागि ब्रिजकोर्ष सञ्चालन गर्ने कुरा समेत जानकारी गराए ।

कार्यक्रममा अल्फाबिटा इटहरीका प्रमुख निराकार पोखरेल, सिइओ सुभास लुईँटेल, अल्फाबिटा धरानका सिइओ सुमनराज पाण्डे, विराटनगर कार्यलयका प्रमुख टिका ढकाल र आइडिपी नेपालका प्रमुख कविर खड्गीलगायतले बालेका छन् । विराटनगरका प्रमुख ढकालका अनुसार केही दिनमा झापाको विर्तामोडमा शाखा खोल्ने तयारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर