AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दक्षजनशक्ती उत्पादनमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०७४, शनिबार १९:५८
3
Shares
उर्लाबारी, १० चैत । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सामुदायिक क्याम्पसले दक्ष जनशक्ति उत्पादन गर्न केन्द्रित हुनु पर्ने बताएका छन् ।

आज उर्लाबारी बहुमुखी क्याम्पसको १८ औँ क्याम्पससभा तथा ३० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नयाँ बिषय समावेस गरी सामुदायिक क्याम्पसले दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रीत हुनुपर्नेमा जोड दिएका हुन् ।

प्रदेश सरकार कानून निर्माण गर्ने चरणमा रहेको बताउँदै मुख्यमन्त्री राईले त्यसपछि नीति तथा कार्यक्रम र बजेट निर्माण गरेर अघि बढ्ने जानकारी दिए । प्रदेश नं १ पर्यटन, कृषि, धार्मिक, व्यापारलगायत सबै क्षेत्रमा अब्बल रहेको बताउँदै मुख्यमन्त्री राईले अब योजनाबद्ध रुपमा नयाँ पूर्वाधार खडा गरेर नमूना प्रदेश बनाउने बताए ।

मुख्यमन्त्री राईले जनताले चाहेको समृद्धिको चाहना अब पूरा गर्नुको विकल्प नरहेको बताउँदै तीनवटै तहका सरकारबीच सहकार्य गरेर समृद्धि र विकासको बाटोमा अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने मानबहादुर फागो, गंगाप्रसाद बाँस्तोला, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, जीवनाथ लुइँटेल, शिवप्रसाद ढकाल र तेजेन्द्र दुलाललाई सम्मान गरिएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख भीमप्रसाद लामिछानेले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर