AArya
RUMPUM
animated ellipse animated ellipse

विराट गोल्डकपको तयारी अन्तिम चरणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०७४, शनिबार १८:४०
3
Shares
फाइल तस्वीर
विराटनगर, १० चैत / चैत १७ गतेदेखि विराटनगरमा दिवारात्रीमा हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

गोल्डकप आयोजक समितिका उपाध्यक्ष सन्तोश वानियाले प्रतियोगिताका लागि मैदानदेखि लिएर व्यवस्थापन सम्बन्धी सम्पुर्ण तयरीको काम ८० प्रतिशत सम्पन्न भएको बताए । उनका अनुसार प्याराफिड डिभाईड, मैदान तयार, प्रवेशद्धार निर्माण, भीआईपी लाउन्ज, रातिका लागि लाइट र सीसी क्यामेरा जडान, स्टेज सजावटलगायतका काम धमाधम भइसकेको बताए । प्रतियोगिताको पाँचौं संस्करण गोल्ड कप चैत १७ देखि २६ गते सम्म आयोजना हुँदैछ ।

खेलाडी र दर्शकको सुरक्षाका लागि सहिद मैदान र वरपरका स्थानमा सीसी क्यामेरा जडानको कामलाई पनि तीव्र पारिएको जानकारी वानियाले दिए । विराटनगरको इज्जतसंग जोडिएको गोल्डकपलाई व्यवस्थित रुपमा आयोजना र सम्पन्न गर्नका लागि २६ वटा उपसमितिहरु गठन गरिएका छन् । उपाध्यक्ष वानियाले प्रतियोगिताका लागि मुल आयोजक समिति र उपसमितिहरुले सक्रियता बढाएको जानकारी दिए । प्रतियोगिताका लागि नेपालका सात र विदेशका तीन गरेर १० वटा टिमले सहभागिता गरेको आयोजकले जनाएको छ ।

पूर्वघोषित टिम बंगलादेशको क्लब नआउने आयोजकले जनाएकोे छ । केही समय अगाडि त्रिभुन अन्तराष्ट्रिय एयरपोर्टमा बंगलादेशको जहाज दुर्घटना भएपछि बंगलादेशी खेलाडी त्रसित भएर नआएको बुझ्यौं,’ आयोजक समितिका अध्यक्ष नविन रिजालले भने, ‘अन्तिम समयमा आएर त्यहाँका खेलाडीले नेपाल प्रवेशका लागि भीषा पनि पाउन सकेनन् ।’ नेपालमा भएको जहाज दुर्घटना, भीषा अभावलगायत विभिन्न प्राविधिक कारण देखाउँदै बंगलादेश स्पोर्टिङ क्लबले गोल्डकपमा सहभागी हुन नसक्ने जानकारी गराएको उनले बताए ।

बंगलादेश नआउने भएपछि भारतकै दुईवटा टिम गोल्डकपमा आउने भएका छन् । भारतको सिक्किम युनाइटेड क्लब, मोहमडन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लब विदेशी टिम हुन् । प्रतियोगितामा नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिम सहभागी हुँदैछन् । २०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिसको जितेको थियो ।

दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिता हुने भएपछि महिला दर्शकलाई छुट्टै प्याराफिटको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजना हुने सहिद रंगशालाको पश्चिमतर्फको प्याराफिट फुटबल प्रेमी महिलालाई छुट्याइएको अध्यक्ष रिजालले बताए । ‘रातको समयमा पनि प्रतियोगिता आयोजना गरिने भएका कारण फुटबल हेर्न आउने महिलाको सुरक्षालाई विशेष ध्यान दिइएको हो,’ उनले भने, ‘महिलाका लागि भनेर छुट्याएको प्याराफिटमा पुरुष दर्शक प्रवेश गर्न पाउने छैनन् ।’ रिजालका अनुसार तोकिएको प्याराफिटमा महिला मात्रै बस्न पाउने छन् ।

परिवार सहित खेल हेर्न आउने दर्शकका लागि पनि बस्न अलग्गै स्थानको व्यवस्था गरिएको जानकारी उनले दिए । उनले भने, ‘प्रतियोगितामा सीमित मात्रामा सिजनल टिकटको पनि व्यवस्था गरिएको छ ।’ एक हजार पाँच सय रुपैयाँ तिरेर यो टिकट लिने दर्शकका लागि प्याराफिटमा छुट्टै व्यवस्था रहेको रिजालले बताए । उनले विराटनगरमा १० हजार दर्शक अट्ने प्याराफिट सहिद रंगशालामा रहेको बताए ।

मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल आयोजना विराटनगरमा हुन लागेको हो । अध्यक्ष रिजालका अनुसार फ्लडलाइट म्याच खेलाएर ऐतिहासिक गोल्डकपलाई नयाँ ढंगले संचालनको जमर्को गरिएको हो । रात्रिकालीन खेल खेलाउन टावरलाइट जडानको काम भइरहेको उनले बताए । ‘प्रतियोगिताका लागि छ वटा प्रकाश वत्तीको आवश्यक पर्छ,’ रिजालले भने, ।

गोल्डकपमा उद्धघाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ । आयोजकले दर्शकलाई आकर्षित गर्नकै लागि रात्रिकालीन खेल खेलाउन लागिएको आयोजकले जनाएको छ ।

यस वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी रिजालले दिए । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर