AArya
RUMPUM
animated ellipse animated ellipse

सम्वृद्धिका लागि भ्रष्टाचार नियन्त्रण– मन्त्री पण्डित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ चैत्र २०७४, बिहीबार १६:२५
3
Shares
तस्वीर-पुष्पराज थपलिया
विराटनगर,८ चैत । आर्थिक समृद्धिकालागि भष्टचार नियन्त्रण गर्नुको विकल्प नभएको संङघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले बताएका छन् ।

नेकपा एमाले मोरङ क्षेत्र नं ६ द्धारा आज विराटनगरमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला एवम् वधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पण्डितले भ्रष्टाचार नियन्त्रण कार्यमा कार्यकर्ता सर्तक एवम् चनाखो हुनु पर्नमा जोड दिए ।

मन्त्री पण्डितले स्थानीय निकायमा कर्मचारीको दरवन्दी किटान गरी केही दिन भित्र अन्तिर व्यस्वस्था पास गरि पठाउने जानकारी दिदै कर्मचारीको कारण जनताको सेवा रोकिने कार्य कही कतैवाट नरोक्न पनि आग्रह गरेका छन् । कर्मचारी केन्द्रमा वसेर वर्तमान सरकारलाई फेलिएर गर्ने कार्य नगर्न चेतावनी दिदै मन्त्री पण्डितले तोकिएको क्षेत्रमा जान कर्मचारीहरुलाई आग्रह समेत गरे ।

उनले आफूले मन्त्री पदको सफत खाँदा ६० प्रतिशत कर्मचारी मात्र तोकिएको क्षेत्रमा गएको जानकारी दिदै राजनीतिक संकमण सकिए पनि प्रशासनिक संकमण भने रहिरहेकोले चाडै नै त्यसको समाधान हुने विश्वास व्यक्त गरे ।

मन्त्री पण्डितले जनताले अनुभूति गर्ने किसिमको विकास निर्माण लगायतका आर्थिक सम्वृद्धिको कार्य गर्नु पर्ने अवसर प्राप्त भएकोमा त्यसलाई चूनौती एवम् अवसरको रुपमा लिई कार्य गर्ने दृढता समेत व्यक्त गरे । उनले यस क्षेत्रको चक्रपथ, विराटनगर विमानस्थलको विस्तार, हिमाली उडान, गछिया वाइपास रोड, रोजगारी, सुकुम्वासी समस्या एवम् नदी नियन्त्रण जस्ता कार्य सम्पन्न गर्न आफू लागी पर्ने वताए ।

मोरङ क्षेत्र नं ६ का सभापति अजम्वर राईको सभापतित्वमा भएको उक्त कार्यकममा एमाले मोरङ अध्यक्ष विनोद ढकाल, पूर्व अध्यक्ष महेश रेग्मीवडा नं ११ अध्यक्ष त्रिथेन्द्र न्यौपाने, प्रचारप्रसार विभाग प्रमुख सत्यनारायण चौधरीलगायतले जनताको विकासको चाहनालाई पुरा गर्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर