AArya
RUMPUM
animated ellipse animated ellipse

तीन महिनाकालागि बजेट ल्याउदै प्रदेश सरकार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ चैत्र २०७४, बुधबार ०८:०३
3
Shares
विराटनगर/ आर्थिक बर्ष सकिन तीन महिना बाकी छदा प्रदेश सरकारले सानो आकारको बजेट ल्याउने तयारी गरेको छ । चैत तेस्रो साता भित्र सार्वजनिक गर्ने तयारी गरिएको बजेटको गृहकार्य गरिरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च गर्ने समय थोरै भएकाले सानो आकारको बजेट ल्याउने तयारी गरेको हो ।

खर्च गर्ने समय कम र ऐन नियम निर्माणकामा केन्द्रित हुनुपर्ने भएकाले बजेटको आकार सानो हुने आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले जानकारी दिए । ‘बजेटको आकार सानो हुनेछ ।’ मन्त्री आङबोले भन्छन ‘ आकार सानो भएपनि दिर्घकालिन महत्वका हुनेछन् ।’

चालु बर्षको तीन महिनाकालागि ल्याइने बजेट नया योजनाहरको अध्ययन अनुसन्धानका विषयमा केन्द्रित हुनेछ । दिर्घकालिन महत्वका योजनाकालागि सर्बे डिजाइन र प्रदेशका अन्य साना योजनाकालागि खर्च गर्ने गरी बजेट विनियोजन गरिने आङबोले बताए ।

प्रदेश सरकारले फागुन २२ गते सार्वजनिक गरेको एकसय दिने कार्यक्रममा बजेट केन्द्रित हुने बताइएको छ । त्यस बाहेक सम्भावित बाढी पहिरो नियन्त्रामा पूर्व तयारीकालागि पनि बजेट छुट्याइने छ । आङबो २०७५–०७६ को बजेटलाई सहयोग गर्नेगरी बजेट निर्माण गरिने बताउछन् ।

सरकारलाई बजेट ल्याउनकालागि चाहिने आर्थिक कार्यविधि विधेयक बुधवार बस्ने प्रदेशसभा बैठकमा फास्ट ट्रयाकबाट पेस गरिदैछ । प्रदेसभा बैठकबाट पास भएको ऐन प्रदेश प्रमुखले हस्ताक्षर गरेपछि कार्यन्यनमा आउने छ । बजेट तयारीसँगसँर्ग प्रदेश सरकारले प्रादेशिक बिनियोजन विधयेक पनि निर्माणको तयारी थालेको छ ।
उद्घोष दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर