AArya
RUMPUM
animated ellipse animated ellipse

एसइइ परीक्षाका लागि मोरङमा केन्द्राध्यक्ष टुंगो लाग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ चैत्र २०७४, मंगलवार २०:३१
3
Shares
फाइल तस्वीर
विराटनगर, ६ चैत / चैत ८ गतेदेखि हुने एसइइ परीक्षाको केन्द्राध्यक्ष मोरङमा टुंगो लागेको छ । भागबण्डा नमिल्दा यसअघिका परीक्षाका केन्द्राध्यक्षभने परीक्षा हुने अघिल्लो दिन मात्रै टुंगो लाग्ने गरेको थियो ।

यसपटकको परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिए। ‘प्रधानाध्यापकको मापदण्ड नपुगेको अवस्थामा अन्य विद्यालयका प्रअ तथा स्थायी माविस्तरका शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको पुरीले बताए । शिक्षा कार्यालयका अनुसार एसइइ परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ ।

मोरङमा ६९ वटा परीक्षा केन्द्र तोकिएको छ । जसमध्ये ६७ वटा नियमित विद्यार्थीका लागि र पुरक परीक्षाका लागि २ वटा केन्द्र तोकिएको छ । मोरङमा ५७ जना सम्बन्धित विद्यालयका प्रअलाई केन्द्राध्यक्ष तोकिएको छ भने अन्यलाई अन्य विद्यालयका प्रअ तथा शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको छ ।

मोरङमा यस पटक १७ हजार ७ सय ५९ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी हुँदैछन् । मोरङमा सामुदायिक १ सय ७९ वटा र संस्थागत गरी १ सय ८९ वटा गरी ३ सय ६८ वटा विद्यालय रहेका छन् । यस पटकको परीक्षामा नियमिततर्फ १७ हजार १ सय ४० र इक्जाम्टेडतर्फ ६ सय १९ जना विद्यार्थी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर