खबर पूर्वाञ्चल
समाज सेवा दिवशको अवसरमा बिराटनगर–१ पुष्पलाल चोकमा रहेको जनता कलेजमा बि.एस.डब्लुमा अध्ययरत बिद्यार्थीहरुले बिश्वबिद्यालयको प्रवेशद्धार अगाडि जेव्रा क्रसीङ बनाएका छन् । समाज सेवा दिवशको दिन समाज कार्य बिषय अध्ययन गरेका बिद्यार्थीहरुलाई समाजकि संस्कारका बारे सिकाउनु र ब्यबहारमा परिबर्तन ल्याउन यो प्रयोगात्मक भुमिका रहने कलेजका बि.एस.डब्लु.कार्यक्रम संयोजक अबिजाल बिष्टले बताए ।
बिश्वबिद्यालयको प्रबेशद्धारमा अहिले सम्म जेव्रा क्रसीङ नभएको र दुर्घटना हुनबाट बच्नका लागि सामाजिक उत्तरदायित्व हामी बिद्यार्थीहरुको पनि भएको यो अभियान चालिएको तेस्रो सेमेस्टरमा अध्ययनरत बिद्यार्थी यम मगरले बताए । सबै बिद्यार्थीहरुले समाजलाई बिस्तारै परिबर्तनको बाटो तिर लैजान हामी सबैको जुट्नु पर्ने भएकोले हामी बिद्यार्थी जीवनबाट शुरुआत गर्नु पर्ने भएको हुँदा यो अभियानलाई निरन्तर अगाडि बढाउनु पर्ने र कलेज हामीलाई साथ दिनु पर्ने बिद्यार्थी निश्मा नेपालले बताईन् ।
ब्याचलर इन सोसियल वर्क कार्यक्रममा अध्ययरत प्रथम तथा तेस्रो सेमेस्टरको अगुवाईमा प्रभातफेरी सम्पन्न भएको छ । बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित ब्यानर लिएर बिद्यार्थीहरुको जुलुस पूर्वाञ्चल बिश्वबिद्यालयबाट निस्केको थियो । सो रयाली भकुण्डे चोक हुदै नोबेल डेरीबाट पुष्पलाल चोकबाठ एक फन्को लगाई पुन क्याम्पस परिसरमा आएर कोण सभा गरी टुगिएको थियो ।
बिराटनगर महानगरपालिकासँग सम्वन्य गरी बिभिन्न सामाजिक क्षेत्रमा काम गर्न बि.एस.डब्लु अध्ययन गर्ने बिद्यार्थीले जनाएका छन् । र्यालीको उद्घाटन कलेजका क्याम्पस प्रमुख डा. रमेशबाबु काफ्ले गरेका थिए भने समय समयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदा कलेजको नाम समेत रहने हुँदां विद्यार्थीहरु यस्ता समाज परिबर्तनका काममा लाग्ने बिद्यार्थी आदेश दाहालले बताए । जिल्ला ट्राफिक कार्यालय मोरङको सहकार्यमा पुष्पलाल चोक क्षेत्रमा ट्राफिक सचेतना गर्ने काम समेत भएको छ ।