RUMPUM
animated ellipse animated ellipse

एक दिवसीय मान्यता पाएर फर्किएको नेपाली क्रिकेट टिमलाई विमानस्थलमा भव्य स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७४, सोमबार २०:२०
3
Shares
काठमाडौं, ५ चैत / विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय मान्यता पाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ आज स्वदेश फर्किएको छ ।

जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको हो । विमानस्थलमा क्रिकेट खेलाडीलाई भव्य स्वागत गरिएको छ । नेपाली टिमलाई माला र खादा लगाइदिएर स्वागत गरिएको थियो । उनीहरुलाई स्वागत गर्न राष्ट्रिय झण्डासहित सयौँ समर्थक त्रिभुवन विमानस्थलमा पुगेका थिए । एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपाली टिमको स्वागत गर्न खेलकुद मन्त्री जगत विश्वकर्मा विमानस्थल पुगेका थिए।

विश्वकप छनोटमा दोस्रो चरणमा पुग्न नसके पनि नेपाली क्रिकेट टिमले ८औं स्थानमा खेल पूरा गर्दै ४ वर्षका लागि ऐतिहासिक एक दिवसीय मान्यता पाएको थियो। नेपाली क्रिकेटको इतिहासमै सबै भन्दा ठूलो सफलता हात पारेर नेपाली टिम स्वदेश फर्किएको हो । नेपालले सन् २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाएको छ।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता निश्चित गरेको हो। सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेको नेपाल आठौं स्थानमा सीमित रहयो। नेपालले प्रतियोगिताका ६ मध्ये दुई खेलमात्रै जिते पनि एशोसियटमा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर