AArya
RUMPUM
animated ellipse animated ellipse

सुन्दरको एकल लगानीमा पोखरीबाधमा सडक बत्ति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०७४, सोमबार १८:३२
3
Shares
तेजन खड्का
उर्लाबारी,५ चैत । सामाजिक काममा सक्रिय यूवा समाजसेवी सुन्दर श्रेष्ठले उर्लाबारी ९ को पोखरीबाध गाउँटोलका लागि २० थान सडक बत्ति सहयोग गगरेका छन् ।

आज स्थानीय पोखरीबाध यूवा क्लव मार्फत उनले सो बत्ति र तार सहयोग गरेका हुन् । साविक राजघाट ६ हाल उर्लाबारी ९ मा रहेको पोखरीबाधमा सडक बत्ति नभएपछि गाउँ नै अन्धकार भएको र बिभिन्न दुर्घटनाको जोखिम बढेपछि पोखरीबाध यूवा क्लवले सुन्दर समक्ष उक्त समस्या अवगत गराएका थिए । सोहि अनुरप आफ्नो गाउँको समस्यामा सानो सहयोग गरेको श्रेष्ठले बताए ।

श्रेष्ठले पोखरीबाध यूवा क्लवका अध्यक्ष जंग तामाङलाई एक कार्यक्रमका विच बत्ति र तार हस्तान्तरण गरेका छन् । बत्ति हस्तान्तरण गर्दै श्रेष्ठले आफुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले आमागी दिनमा पनि पोखरीबाधको लागि आवश्यक पर्ने सहयोगमा आफु सधै लाग्ने बताए । निक्कै दुख कष्ट गर्दै कमाएको रकमबाट केहि रकम समाजसेवा मार्फत गाउँको विकासमा खर्च गरेको हुँ, सुन्दरले भने, सडक बत्ति जडान पछि नियमित रुपमा बालेर गाउँ झलमल्ल पार्नु होला । उनले अन्य ठाउँमा पनि सहयोग गरेको बताउदैं बत्ति नबालिदिँदा दुख लाग्ने गरेको बताए ।

कार्यक्रममा बोल्दै पत्रकार हरि कोईरालाले श्रेष्ठको कामको खुलेर प्रंशषा गरे । सहयोग भन्ने कुरा धन हुनेले भन्दा पनि मन हुनेले गर्ने कोईरालाले बताए । सुन्दर दाई जस्तै अन्य दाताहरु पोखरीबाध यूवा क्लवले पाईरहन सकोस,कोईरालले भने, समस्यामा सहयोग गर्ने दाताहरु धेरै हुनुहुन्छ, तर पहिले कस्ले सुरुवात गर्छ भन्ने नै ठुलो कुरा हो ।
आज सुन्दर श्रेष्ठबाट यो गाउँको लागि सहयोग अभियान सुरु भएको छ । अन्य दाताहरुको सहयोगको लागि ध्यान जाहोस शुभकामना दिन चाहान्छु, कोईरालाले भने ।

सडक बत्ति पाएपछि स्थानीयले खुशी प्रकट गरेका छन् । धेरैले गर्छौ भनेर आश्वसन मात्र दिएको बताउदैं पोखरीबाध युवा क्लवका कोषाध्यक्ष प्रताप तामाङले भन्नुभयो, सुन्दर दाई गाउँको समस्या सुनाएको मात्र थियौ ।

काठमाडौंबाट घर आउँदा सहयोग नै गरिदिनुभयो । प्रतापका अनुसार पोखरीबाधमा ५२ घरधुरीका लागि उक्त सडकबत्ति उपभोग गर्न पाउनेछन भने यात्रुहरुलाई सहजता मिल्नेछ । गाउँमा मरि मराउ र परिपराउमा बत्तिको कारण आवतजावतमा निक्कै सहजता हुनेछ । श्रेष्ठले यसअघि आफ्नो गाउँ खोपिडाँडामा पनि प्रत्येक पोलमा सडक बत्ति जडान गरिदिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर