खबर पूर्वाञ्चल
आज सम्पन्न फाइनलमा प्रदेश ५ लाई पराजित गर्दै प्रदेश ४ ले उपाधी संगै नगद २ लाख हात पारेको छ । प्रदेश ५ लाई २५–१९, २५–२२ र २५–१५ को सोझो सेटले पराजित गरेपछी उपबिजेता बनेको प्रदेश ५ ले नगद १ लाख रुपैयामा चिक्त बुझाएको छ । आजै भएको तेस्रो स्थानको लागी सम्पन्न खेलमा प्रदेश १ ले प्रदेश ७ लाई २५–१६, २५–२२ र २५–१८ को सोझो सेटले पराजित गर्दै नगद ५० हजार हात पारेको छ । सान्तवना भएको प्रदेश ७ ले नगद २५ हजारमा पाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ४ का अमृत केसी घोषित भए । यस्तै प्रदेश ४ कै दिपक थापा बेष्ट डिफेन्स, प्रबल अलमटा बेष्ट सर्भर, घनश्याम चौधरी बेष्ट इस्पाइकर र याम क्षेत्री बेष्ट लकर घोषित भए । यस्तै प्रदेश ५ का लोकेन्द्र भण्डारी बेष्ट सेटर घोषित भए । क्षेत्रिय भलिबल सङ्घको आयोजना तथा इटहरी उपमाहानगरपालिकाको प्रायोजन र प्रगती समाज सेवा क्लबको ब्यवस्थापनमा सम्पन्न प्रतियोगितामा नेपालका सात वटा प्रदेशको सहभागिता रहेको थियो ।
फागुन ३० गते सुरु भएको प्रतियोगितामा २४ लाख रुपैया खर्च भएको प्रचारप्रसार समिति संयोजक तथा क्षेत्रिय भलिबल सघंका एक नम्बर प्रदेशका सदस्य बिक्रम थापाले जानकारी दिए । बिजेता तथा उपबिजेता टिमहरुलाइ इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ, बिश्व धिमाललगायतले नगद ट्रफी र प्रमाणपत्र प्रदान गरे ।