खबर पूर्वाञ्चल
विराटनगरस्थित कवर्ड हलमा आयोजित प्रतियोगिताको अन्तर विद्यालयको छात्रा एकलमा एजेलिया स्कूलकी समृद्धि लुइटेल प्रथम भएकी छिन् । त्यस्तै सेन्टमेरिज स्कूलकी कृपा कार्की द्धितिय, ग्यालेक्सी पब्लीक स्कूलकी याना राजभण्डारी र सगरमाथा स्कूलकी निकिता तामाङ तृतिय भएका छन् । छात्र एकलमा युरोकिड्सका बोधित डीसी प्रथम र ओएसीस स्कूल धरानका अनमोल तामाङ द्धितिय भएका छन् । त्यस्तै डीएभी स्कूलका कृश शर्मा तृतिय भएका छन् ।
त्यस्तै आजै भएको खुल्ला प्रतियोगिताको महिला एकलमा सुनसरीकी गीता भुजेलल र दिक्षा दाहाल प्रथम र द्धतिय भएका छन् । साथै सुनसरीकै रुपा लिम्बु र विराटनगरकी अंशु श्रेष्ठ तृतिय भएका छन् । त्यस्तै पुरुष एकलमा सुनसरीका महाबिर चौधरी प्रथम र मोरङका सन्तोष काफ्ले द्धतिय भएका छन् । त्यस्तै सुनसरीका प्रतिक थापा र मोरङका प्रवेश न्यौपाने तृतिय भएका छन् ।
भेट्रान डबल्सतर्फ विकेन थापा र राजेश भट्टराइ प्रथम, अनुज बानिया र सत्यनारायण राजभण्डारी द्धितिय , रोेसन दत्त र विपिन श्रेष्ठ, तथा विशाल केडीया र उपकार श्रेष्ठको जोडि तृतिय भएका छन् ।