खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका भित्र क्षेत्रिय सहरी विकास परियोजना, सघन सहरी विकास कार्यक्रम, मभौला सहर एकिकृत बातावरणीय सुधार परियोजना सञ्चालनमा छन् । त्यस बाहेक विराटनगर बस टर्मिनल, तारणीप्रसाद कोइराला सञ्चारग्राम सहित महानगरका आफ्नै योजनाहरु पनि सञ्चालनमा छन् ।
ती योजना सञ्चालित क्षेत्रमा काम धमाधम भैरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । ‘बिकास निर्माणको काम दु्रत गतिमा छ ’ पराजुली भन्छन ‘ निर्धारित समयमा काम सक्ने लक्ष्य छ ।’ पराजुली ठूला योजना सहित महानगरले सञ्चालन गरेका अन्य साना योजनाको काम पनि दु्रत गतिमा सञ्चालन भैरहेको बताउछन् ।
विराटनगर महानगरपालिका भित्र क्षेत्रिय सहरी विकास परियोजना अन्तरगत दुई अर्ब ६१ करोड लागतमा ७५ किलोमिटर सडक र ६२ करोड लागतमा सघन सहरी विकास कार्यक्रम अन्तरगत १३ किलोमिटर सडक निर्माणको काम सञ्चालनमा छन् । त्यस मध्ये क्षेत्रिय सहरी बिकास परियोजनाको करिब १५ प्रतिशत काम भएको महानगरको दावि छ । १३ किलोमिटरका साना १३ वटा सडक रहेको सघन सहरी विकास कार्यक्रमको ५ किलोमिटर खण्ड कालोपत्रे गरिएको बताइएको छ ।
मंसिर ११ गते देखि काम सुरु गरिएको क्षेत्रिय सहरी विकास परियोजना अन्तरगत चालु बर्षमा ४५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको पराजुलीले जानकारी दिए । त्यस बाहेक विराटनगर बस टर्मीनल र तारणीप्रसाद कोइराला स्मृति सञ्चार ग्रामको निर्माण कार्यपनि दु्रत गतिमा सञ्चालन भैरहेको पराजुलीको भनाई छ ।
विकासमा बिजुली बाधक
उपभोक्ताको घर सम्म विद्युत पु¥याउन प्रत्येक सडकमा बिजुलीका पोल गाडिएका छन् । तर विराटनगर महानगरपालिका भित्र सडक स्तरोन्नती भैरहेको क्षेत्रमा बिजुलीका पोल बाधक भएको छ ।
सडकहरु माटो र गिटी भरेर कालोपत्रे गर्नकालागि तयारी अवस्थामा राखिएपनि विद्युत पोल स्थानान्तरणमा ढिलाई हुदा काम गर्न गाह्रो भएको महानगरपालिका मेयर पराजुली बताउछन् । ‘विद्युत प्राधिकरणलाई पटक पटक आग्रह गर्दा पनि मान्दैनन् ।’ मेयर पराजुली भन्छन ‘ पोल नसार्दा लक्ष्यअनुसार काम हुन सकेको छैन् ।’
मेयर पराजुली सडकको पोल ठेकेदार कम्पनी आफैले सार्ने भएपनि प्राधिकरणले सर्बर डाउनका लागि पनि अनुमति नदिदा काम गर्न ढिलो भएको बताउछन् । प्राधिकरणले सहयोग नगर्दा काम गर्न कठिन भएको उनको भनाई छ । निरन्तर पहल गर्दा प्राधिरणले सिमित क्षेत्रमा मात्र अनुमति दिने गरेको छ
उद्घोष दैनिकमा खबर छ ।