पूर्वाञ्चल खबर
महिला फुटवलकालागि गिनिजबुक अफ वल्ड रेर्कडमा नाम लेखाउन जोर्डन जान लागेकी अधिकारीलाई अस्पतालले प्लेन टिकट बापत ६८ हजार रुपैया सहयोग गरेको हो ।
आज बिदाई कार्यक्रम गरी अस्पतालको तर्फबाट रुपेश अधिकारीले ६८ हजार रकम हस्तान्त्रण गरेका थिए । विश्वको अग्लो फुटवल मैदान अफ्रिकी मुलुक तान्जेनियामा खेलीसकेकी अधिकारी विश्वरेर्कडकालागि होचो स्थान जोर्डनमा आयोजना हुने फुटवल प्रतियोगितामा सहभागिता जनाउन लागेकी हुन् ।
प्रतियोगितामा सहभागिता जनाउन नेपालबाट अधिकारी सहित रौतहटकी लक्ष्मी पौडयाल पनि जादैछन् । मोरङको कानेपोखरी गांउपालीका वडा नम्बर ७ निवासी दिपा अधिकारीलाई विश्वको सबैभन्दा होचो स्थान जोर्डनमा फुटबल खेलेर विश्व रेकर्डको लागी जोर्डन प्रस्थान गर्न लागेकी उनलाई आर्थिक सहयोग गरेको हो ।