AArya
RUMPUM
animated ellipse animated ellipse

सास्थमले गर्यो विद्यार्थीहरुलाई विधाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ फाल्गुन २०७४, मंगलवार १८:५६
3
Shares
विराटनगर २९ फागुन /विराटनगर १४ मा रहेको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेजले विद्यार्थीहरुलाई एक कार्यक्रम विच सम्मान गरी विदाई गरेको छ ।

कलेजले ग्राण्डिङ एण्ड फेवरेल सेरोमनी कार्यक्रम आयोजना गरि उनीहरुलाई विदाई गरेको हो । २०७० सालमा भर्ना भएका वि.एच.एम र वि.वि.ए ४ बर्षे कोर्षको अध्यययनरत विद्यार्थीहरुलाई कलेजले विदाई गरेको हो ।

विदाई तथा सम्मान कार्यक्रममा कलेजमा परीक्षामा उत्कृष्ट हुने विद्यार्थी, तथा जेहेन्दार विद्यार्थीहरुलाई कलेजले अवार्ड प्रदान समेत गरेको थियो । विद्यार्थीहरुले आफूमा भएका प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । उनीहरुले कल्चरल फेशन ¥याम्पवकर्, गीत र नृत्य प्रस्तुत गरिएको कलेजका राजेस गुरुङले जानकारी दिए ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा धनश्यामलाल दास, रजिष्टार प्रमिला थापा, डिन प्रा.डा खगेन्द्रपसाद्र आचार्य वि.एच .एमका कार्यक्रम संयोजक महेश्वरप्रसाद सिह, कलेज प्रमुख देवाराज श्रेष्ठलगायतले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना व्याक्त गर्दै विद्यार्थीले पढाईका अतिरिक्त खेलकुद क्षेत्रमा पनि योगदान पुर्याएको प्रति हौसला प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर