AArya
RUMPUM
animated ellipse animated ellipse

हत्या गरीएको भन्दै तीन जना विरुद्ध किटानी जाहेरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ फाल्गुन २०७४, मंगलवार १८:४६
3
Shares
विराटनगर, २९ फागुन/ मोरङको कटहरी गाउँपालिका १ को १७ वर्षिय आइसा चौधरीको कर्तब्य गरेर हत्या गरिएको भन्दै पीडित पक्षले तीन जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।

पीडितकी आमा गुल्जारी चौधरीले आज दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ मार्फत महानगरीय प्रहरी परिसर ललितपुरमा तीन जनाको नाम किटान गर्दै जाहेरी दरखास्त पत्र पठाएकी छिन् । मृतक आयसा घरेलु कामदारका रुपमा काम गर्न गएकी ललितपुर महानगरपालिका वडा नम्बर ३ निवासी विनय दाहाल तथा आयसालाई सो ठांउँमा काम गर्न पठाउने निज दाहालका सासु–ससुरा केशव सिलवाल र गिता सिलवाल विरुद्ध उजुरी दर्ता गराईएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरलाई पठाइएको जाहेरीमा आयसाले आत्म हत्या गरेको नभई हत्या गरिएको दाबी गरिएको छ ।

यसैबीच जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले घटनाको बिषयमा चासो ब्यक्त गरेका छन् । उनंले सोमबार अपरान्ह काठमाण्डौ र विराटनगरस्थित सरोकारवाला प्रहरी निकाय र प्रशासनलाई सम्पर्क गरेर घटनाको बिस्तृत जानकारी गराउन निर्देशन दिएका मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर