AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालका कप्तान पारस विश्वकप छनोट समूह चरणका ११ स्टारको सूचीमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०७४, मंगलवार १६:२७
3
Shares
विराटनगर, २९ फागुन /आइसिसी एकदिवसीय विश्वकप छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका कप्तान पारस खड्का ११ क्रिकेटरमा पर्न सफल भएका छन् ।

समूह चरणमा भएका २० खेलमा केही खेलाडीले तारिफ योग्य प्रदर्शन गरेका छन् । आइसिसीले उत्कृष्ट खेलेका ११ खेलाडीको सूची तयार पारेको छ । ११ खेलाडीको सुचीमा जिम्बावे र हङकङका २–२ जना खेलाडी रहेका छन् भने नेपाल, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, युएई, अफगानिस्तान र वेस्ट इन्डिजका १–१ जना खेलाडी सूचीमा समावेश छन्। ९ देशका खेलाडी सूचीमा पर्दा नेदरल्यान्ड्सका कुनै पनि खेलाडी समूह चरणको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा पर्न सफल भएनन् ।

जिम्बाब्बेमा लगातार तीन खेल हारेको नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गरेको नेपालका कप्तान पारसले ४ खेलमा दुई अर्धशतक प्रहार गर्दै १ सय ८९ रन बनाएका छन् ।

पारसले जिम्बाब्बेविरुद्ध ४० रन , स्कटल्याण्डविरुद्ध ७५ रन र अफगानिस्तानविरुद्ध ७५ रन बनाएका थिए भने हङकङविरुद्ध ११ रन जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर