खबर पूर्वाञ्चल
आज भएको टोल सुरक्षा समितिको पाँचौं वार्षिकोत्सव कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा नासरिन खातुन,मुस्कान खातुन र रिशुकुमार साह रहेका छन् । अन्य दुई जना रोहित मण्डल र खुर्सिद अहमत भने कार्यक्रममा उपस्थित हुन सकेनन् । स्म्मानीत हुनेहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरी कोइरालाले ब्लाङकेट दिएर सम्मान गरेका छन् ।
प्रहरी नायब उपरीक्षक कोइरालाले भने ’यसरी प्रहरी र नागरिक समाजको हातेमालो गरेर काम गर्दा समाजलाई फाइदा भएको छ ।’
टोल सुरक्षा समितिलाई आवश्यक पर्ने निर्देशनात्मक सहयोग गर्ने कुरामा जोड दिंदै भने ’मिलापत्र गर्न हुने र नहुने केसहरु के के हुन् भन्ने बारेमा जिल्ला प्रहरी कार्यालयले सहयोग गर्ने छ ।’
त्यसैगरि वडा ९ का वडा अध्यक्ष विश्वनाथ भगतले अप्ठ्यारो स्थितिमा रहेर पनि जनताको सेवामा जुटिरहेको टोल सुरक्षा समितिलाई बस्ने कोठा उपलब्ध गराउने विश्वास दिलाए । संयुक्त टोल संगठन नगर समन्वय समितिका संयोजक राजेश मास्केले आर्थिक समस्या र हाकिमहरुसँगै पोलिसी पनि परिवर्तन भैरहने हुँदा सामुदायिक सेवा केन्द्रहरु निस्कृय भएको ठोकुवा गरे । आफ्नै लगानी लगाएर पनि समाजको सेवामा जुटिरहेको टोल सुरक्षा समितिको निरन्तरताको निम्ति अन्य निकायहरुले सहयोग गर्नु पर्नेमा जोड दिए ।
त्यसैगरि मदरटेरेसा सेकेन्डरी स्कूलका प्रिन्सिपल अजय यादव, सामुदायिक सेवा केन्द्र तिनटोलियाका सचिव मदन घिमिरे,संयुक्त टोल संगठन वडा नम्बर ९ का संयोजक लिना उपाध्यायलगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष नागेन्द्र भगतले र आर्थिक प्रतिवेदन तथा संस्थामा आएका उजुरी र समाधान गरेका केसको बारेमा सचिव तथा प्रहरी हवल्दार जानुका पोखरेलले जानकारी गराए ।
कार्यक्रममा म्यूजिकल चियर पनि खेलाइएको थियो । दुई समूहमा खेलाइएको खेलमा महिलातर्फ प्रथम सावित्री ढकाल दोश्रो र तेश्रोमा प्रहरी जवानहरु निरु कार्की र तारा अधिकारी भए भने पुरुषतर्फ प्रथम प्रहरी जवान योगेश दाहाल दोश्रोमा सुकदेव आचार्य र तेस्रोमा नागेन्द्र भगतले विजयी भए ।