पूर्वाञ्चल खबर
ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको थियो । विमानबाट ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको संख्या अझ बढ्ने अनुमान रहेको सक्छ ।
घाइतेहरुको केएमसी र नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । सो विमानमा चालक दलका ४ सहित ७१ यात्रु मध्ये ३३ जना नेपाली यात्रु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।