AArya
RUMPUM
animated ellipse animated ellipse

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बाङ्ला एयरलाइन्स दुर्घटना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ फाल्गुन २०७४, सोमबार १६:२४
3
Shares
काठमाडौं, २८ फागुन / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । १४ जनाको उद्दार गरिएको छ । विमान विमानस्थलमा अवतरणका क्रममा धावनमार्ग बाहिर दुर्घटनामा परेको हो ।

घाइते भएकाहरुलाई नजिकका अस्पताल लगिएको छ । दुर्घटनापछि विमानमा आगो लागेर धुवाँको मुस्लो निस्किएको थियो । आगो पूर्णरुपमा निभाइएको छ । विमान दुर्घटनाग्रस्त भएपछि विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ । विभिन्न ठाउँबाट आएका विमानहरुलाई अन्यत्र डाइभर्ट गर्न थालिएको छ ।

युएस बाङ्ला एयरलाइन्सको फ्लाइट नम्बर यु बिजी २११ को विमान ढाकाबाट ६७ यात्रु लिएर काठमाडौं आएको थियो । विमानमा चालक दलका चार जना कर्मचारी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर