AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यालयमा चोरी गरेको स्वीकार गर्नेलाईनै जागिर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०७४, आईतवार १८:०५
3
Shares
उर्लाबारी,२७ फागुन / मोरङको रतुवामाई—८ इटहरास्थित सरस्वती माविमा ल्यापटप चोरी गरेका कार्यालय सहयोगी मादेनबहादुर तामाङलाई कारवाहीको साटो उल्टै जागिरमा पुर्नवहाली गरिएको छ ।

विद्यालयको सुरक्षाका लागि कक्षा कोठा र कार्यालय थुन्ने जिम्मेवारी पाएका परिचर स्वयमले मातेको बेला चोरी गरेको स्वीकार गरेका छन् । आफुले बोकेको चाबी प्रयोग गरी ल्यापटप राति आएर चोरी गरेको भनेर विद्यालयमा भएको सर्वपक्षिय भेला र प्रहरी कार्यालयमा स्वीकार गरेपनि तामाङलाई राजनितीक दवाब र विद्यालय व्यवस्थापन समितिले बचाउ गर्दै पुन जागिरमा पुर्नवहाली गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका केहि व्यक्तिहरु तामाङको पक्षमा खुलेरै लागेपछि तामाङले चोरीको घटनाबाट उन्मुती पाएका छन् भने मनोवलका साथ तामाङ परिचर काममा फर्किसकेका छन् ।

माघ १९ गते कार्यालयबाट ताल्चा नफुटाई ल्यापटप चोरी भएको थियो । सो घटनामा छानबिनका लागि तामाङसहित अर्का परिचर वेदराज अधिकारी र लेखापाल भरत घिमिरे पनि शंकाको घेरामा परेका थिए । उनीहरुलाई अनुसन्धानका लागि सिजुवा प्रहरीले पक्राउ गरेको थियो । तर अधिकारी र घिमिरे निर्दोस ठहरीए भने तामाङले गल्ती स्वीकार गरे । तर तामाङलाई प्रहरी कार्यालय र विद्यालय दुवैमा राजनितीक पहुचका आधारमा उन्मुती दिएपछि स्थानीयहरु विद्यालयमा चोरी गर्नेलाई जागिर खाएपछि विद्यालयको धनजनको सुरक्षा कसरी हुन्छ भनेर चिन्ता प्रकट गरेका छन् ।

घटनाको विषयमा विद्यालयका प्रअ गोपाल गुरागाईलाई बुझ्दा तामाङको बयान घरी चोरी गरेको हुँ घरि हैन भनेर बाँझीएकोले केहि गर्न नसकिएको बताए । चोरी गर्नेलाई कारवाही हुन्छ,प्रअ गुरागाईले भने,ठोस प्रमाण नभई कारबाही गर्न सकिएन । हामी अनुसन्धान गरिरहेका छौ ।

गतबर्ष असोज ११ गतेपनि विद्यालयमा नगद चोरी भएको थियो । त्यसबेला आमाको उपचार गर्न चोरी गरेको हुँ तिर्छु भनेर चिठी लेखेर छोडिएको थियो । यसपटक पनि यो ल्यापटप पनि भन्दै अपशब्द लेखेर चिठी लेखिएको छ । पहिलेका अक्षर र अहिलेको अक्षर पनि मिल्छ । उक्त अक्षर तामाङको लेखाईमा दुरुस्तै मिलेपनि राजनितीक पहँुच र प्रहरीलाई समेत प्रभोलनमा पारि अगुवाहरुले नै संरक्षण गरेपछि चोरलेनै पुरस्कार पाएको स्थानीयले बताए ।

स्रोतका अनुसार चोरीको अभियोग लागेका तामाङ जाडरक्सी सेवन गर्ने र तास खेल्ने गर्छन् । उनलाई अरुले उस्कावट गरेर मातेको बेला चोरी गर्न पठाउने गरेको हुन् । तामाङ एक निर्दोस पात्र हुन जसलाई चोरी गर्ने गिरोहले रक्सी सेवन र तास खेलेको बेला प्रयोग गर्ने गर्छन् । तामाङले अन्यको नाम कबोल्ने भएकोले उनलाई उन्मुती दिइएको हो ,स्रोत भन्छ उनलाई बचाउनका लागि आर्थिक चलखेल भएको छ । यस विषयमा विद्यालयका अध्यक्ष टेकबहादुर लिम्बुसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन् । यता स्थानीय भने आक्रोसित हुँदै विद्यालयका अध्यक्ष र प्रअ विरुद्धमा यस घटनाको बारेमा अख्तियार अनुसन्धान आयोग जाने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर