RUMPUM
animated ellipse animated ellipse

खुल्ला ब्याडमिन्टनको उपाधि दमकलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ फाल्गुन २०७४, शनिबार १७:५०
3
Shares
गोपाल काफ्ले
पथरी,२६फागुन /पथरीमा सम्पन्न भएको खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी दमकले हात पारेको छ ।

मोरङ पथरीशनिश्चरे सुनाखरी मा.वि. कोटमा जारी पूर्वाञ्चल स्तरीय दोस्रो खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी दमकका पूर्व विजेता सुदिन राई र प्रकाश राईको जोडिले जितेको हो । जातेको राजधन राई र उजिर बुढाथोकीको जोडिलाई २१–१८ र २१–१९ को सोझो सेटमा हराउदै दमकका सुदिन र प्रकाशको जोडि विजयी भएको हो । जितसंगै विजयी टिमले नगद २५ हजार र उपविजेताले १५ हजार ट्रफि, मेडल र प्रमाण प्राप्त गरेको छन ।

खेलमा तेस्रो स्थान पथरी र ईटहरीको जोडीले नगद १० हजार प्राप्त गरेको छ । विजयी टोलिलाई नेपाल ब्याटमिन्टन संघका केन्द्रीय वरिष्ट उपाध्यक्ष तथा पूर्व खेलाडि चन्द्रशेखर लामाले पुरस्कार बितरण गरे ।

पथरी ब्याडमिटन क्लवको आयोजनामा भएको जोडि पुरुष ब्याडमिन्टनमा पूर्वका १६ जोडिले सहभागि रहेको थियो खेलको मुख्य प्रायोजक मोरङ हस्पिटलले र प्रायोजक गोर्खाली अटो प्लाजले रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर