AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार नवोदितसहित चार जना पुरस्कृत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ फाल्गुन २०७४, शनिबार १७:३६
3
Shares
विराटनगर, २६ फागुन /शिशु सेवा समिति विराटनगरले पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रका चारजनालाई पुरस्कृत गरेको छ ।

३५ औं वार्षिकोत्सवको अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा समितिले ११ हजार १ सय ११ रुपैयाँ राशिको ‘शिशु सेवा पत्रकारिता पुरस्कार’बाट यस वर्ष पत्रकार नवोदितलाई पुरस्कृत गरेको हो । नवोदित १७ वर्षभन्दा लामो समयदेखि पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय छन् । उनी हाल कारोबार दैनिकका १ नम्बर प्रदेश संयोजक, मकालु टेलिभिजनका सहसम्पादक र न्यू सृष्टि दैनिकका सम्पादकका रुपमा कार्यरत रहेका छन् । नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ दुईवटा कविता कृति प्रकाशित छन् । उनले विभिन्न ग्रन्थहरूको समेत सम्पादन गरेका छन् । २०४० सालमा स्थापित समितिले बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ ।

यस्तै कार्यक्रममा संगीतकार कुशेश्वरप्रसादसिंह राई र बाल साहित्यकार कृष्णप्रसाद घिमिरे ‘कार्तिकेय’लाई संगीत र बाल साहित्यतर्फको पुरस्कार प्रदान गरियो । उनीहरूलाई पनि समेत ११ हजार १ सय ११ राशिसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ । यसैगरी ११ हजार १ सय ११ राशिकै ताम्रपत्रसहितको बाल प्रतिभा पुरस्कार विराटनगर–१० की ९ वर्षीया संगीत साधक सर्वाणी श्रेष्ठलाई प्रदान गरिएको छ । कार्यक्रममा पोखरिया उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी राम खवासलाई नगद ५ हजारसहित शिक्षा छात्रवृत्ति प्रदान गरिएको थियो । उनीहरू सबैलाई आयोजक संस्थाकी अध्यक्ष वसुश्री पाण्डे र समाजसेवी एवं वरिष्ठ साहित्यकार रमाप्रसाद रिजालले संयुक्त रुपमा नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, शिशु सेवा समितिका सचिव प्राध्यापक कविराज न्यौपाने, सहसचिव धर्मराज भट्टराई, पूर्व अध्यक्ष मञ्जु रिजाल, समाजसेवी स्नेह पोरखेललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर