पूर्वाञ्चल खबर
आज देखि पथरीको सुनाखरी मा.वि. कोटमा सुरु भएको प्रतियोगितामा पूर्वका १६ जोडिले प्रतिस्पदा गर्दैछन् । पथरी ब्याडमिटन क्लवको आयोजनामा हुने जोडि पुरुष ब्याडमिन्टनमा प्रतियोगिताको प्रथम, द्धितीय र तृतियले हुने जनहि २५ हजार, १५ हजार र १० हजार ट्रफि, मेडल र प्रमाण प्राप्त गर्ने छन ।
प्रतियोगितामा नेपाल प्रहरीका खेलाडिको बर्चस्व रहेको छ । कार्यक्रमका प्रमुख अतिथी बाबुराम एङदेनले खेलको उद्घाटन गरे ।आज भएको खेलमा पहिलो र दोस्रो राउन्डको खेल सकिएको र शनिबार सेमिफाईनल र फाईनल खेल हुने आयोजकले बताएको । टंक गुरूङको सभापतित्वमा सुरुभएको खेलको १ लाख ८३ हजार अनुमानित खर्च हसे भएको छ ।