RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड ट्यालेन्ट हन्टको सेमिफाइनलमा १५ जना छनौट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०७४, शुक्रबार १४:२५
3
Shares
विराटनगर, २५ फागुन / ग्रेडेड ट्यालेन्ट हन्टको सेमिफाइनलमा १५ जना छनौट भएका छन् ।

विद्यार्थीहरुमा भएको प्रतिभा खोजी गर्ने उद्देश्यले विराटनगर–८मा रहेको गे्रेडेड सेकेण्डरी बोर्डिङ स्कूलले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु सेमिफाइनलमा प्रवशे गरेका हुन् ।

ग्रेडेड ट्यालेन्ट हन्टको क्वाटरफाइनलमा नृत्यतर्फ १५ जनाबाट ८ जना र गायनतर्फ १५ जनाबाट ७ जना गरी सेमिफाइनलमा १५ जना छनौट भएको स्कूलका प्रिन्सिपल प्रेमलालसिसंह सुवालले जानकारी दिए । छनौट चरणको निर्णायकहरुमा नृत्य निर्देशक मनोज राजवंशी, विश्व चक्रवर्ती र समीक्षा कार्की रहेका थिए ।

प्रतियोगिताको फाइनल फागुन ३० मा हुने स्कूलका प्रिन्सिीपल प्रेमसिंह सुवालले जनकारी दिए । प्रतियोगिताको विजेता हुने विद्यार्थीहरुले आकषर्ण ट्रफि तथा गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर