AArya
RUMPUM
animated ellipse animated ellipse

स्कटल्यान्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ फाल्गुन २०७४, बिहीबार १३:२५
3
Shares
विराटनगर,२४ फागुन / जिम्बावेमा जारी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोट्र्स पार्कमा हुने छ ।

नेपालले आजको खेल जित्नैपर्ने दबाब छ । स्कटल्यान्डले यसअघि भएको दुवै खेल जितेर समूह बी को शीर्ष स्थानमा रहेको छ भने नेपाल पहिलो खेलमा जिम्बावेलाई १ सय १६ रनले खेल सुम्पेको थियो । नेपालले जिम्बावेविरुद्ध खेलेका सवै खेलाडीलाई आज मैदानमा उतारेको छ ।

हेड टु हेड
हेड टू हेडमा स्कटल्याण्डविरुद्ध नेपालको यसअघिका प्रदर्शन राम्रो छैन । स्कटल्याण्डसँगको पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ । तीन वटै खेलमा नेपालले पराजय भोगेको छ ।
सन् २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। न्युजिल्यान्डको क्विन्सटाउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ७ विकेटको क्षतिमा २ सय ४९ रन जोडेको थियो । २ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले १ सय ५९ रन मात्र बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वा्धिक ३४ रन जोडेका थिए।

सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्यान्डबीच पहिलो चरणमा दुई खेल भएका थिए । स्कटल्यान्डमा भएको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

पहिलो खेलमा स्कटल्यान्डले नेपालमाथि ३ रनको झिनो अन्तरको पराजित गरेको थियो । ३६ ओभरमा छोट्टाएको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २ सय ३५ रन जोडेको थियो । जवाफमा नेपालले ५ विकेटको क्षतिमा २ सय ३२ रन मात्र जोड्न सक्यो । खेलमा नेपालका ओपनर अनिल मण्डलले शतक र कप्तान पारस खड्काले ७० रन जोडे पनि जित निकाल्न सकेन ।

दोस्रो खेलमा नेपाल ९ विकेटले पराजि भयो । पहिले ब्याटिङ गरेको नेपाल १ सय ६७ रनमा खुम्चिएको थियो । खेलमा नेपालका लागि शरद भेषावकले सवैभन्दा बढी ३० रन जोडेका थिए । वर्षाले प्रभावित खेलमा स्कटल्यान्डका लागि १ सय ११ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य स्कटल्यान्डले १ विकेटको क्षतिमा पार गरेको थियो ।

नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।

स्कटल्यान्ड टिम
केल कोइट्जर, रिची बेरिङटन, माथ्यु क्रस, एलास्डयर इभान्स, कोलुम म्याकलियोर्ड, जर्ज मुन्सी, साफयान शरिफ, टम सोल, क्रिस वालन्स, ब्राड ह्विल, स्टुवार्ड हिटिङघम।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर