AArya
RUMPUM
animated ellipse animated ellipse

न्यूरोका नर्सिगं स्टाफलाई सिगांपूरमा तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०७४, बुधबार १६:१२
3
Shares
विराटनगर, २३ फागुन / न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि अस्पताल विराटनगरले हस्पिटलका तीनजना नर्सिङ स्टाफलाई ५ दिने सिङ्गापुर तालिममा पठाएको छ ।

आफनो मानव संसाधनलाई व्यवस्थित गर्दे थप चुस्त दुरुस्त र समृद्ध बनाउने लक्ष्य अनुरुप न्यूरोले विभिन्न विभागमा कार्यरत नर्सिगं स्टाफहरुलाई क्षमताको आधारमा मूल्यांकन गर्दे आन्तिरिक छनौट गर्दै ३ जना उत्कृष्ट नर्सहरुलाई तालिम तथा अवलोकन भ्रमनका लागी सिगांपूर पठाएको हस्पिटलले जनाएको छ ।

सिंगापुरमा मार्च ९ देखि हुन गइरहेको एशिया प्यासिफिक स्तरीय इनोभेटिभ केयरस् ट्रान्सफर्मिगं नर्सिगं केयर २०१८ मा सहभागिता गराउँन अस्पतालमा कार्यरत शोभा भटराई, निता भटराई र एलिशा मास्केलाई सिंगापुर पठाएको अस्पतालका मेट्रोन सिता शर्माले बताइन् ।

अस्पतालका अध्यक्ष डा. बिरेन्द्रकुमार विष्टले अस्पतालमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न तथा हौसला प्रदान गर्ने उदेश्यले तालिमको व्यवस्था गरिएको बताए । उनीहरुलाई कार्यकारी निर्देशक अनिशा विष्ट , वरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोका, अपरेशनल डाइरेक्टर राजेश भटराई र अध्यक्ष विष्टलगायतले शुभकामना दिँदै विधाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर