पूर्वाञ्चल खबर
१ नं. प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले कार्यक्रमको उदघाटन सत्रलाई बोल्दै नेपाली अर्थतन्त्रमा सुहाउँदो उपचार पद्धती होमियोपेथिक उपचार पद्धती नै भएको बताउँदै आफूले होमियोपेथिक उपचार पद्धतीको विकासमा सहयोग पु¥याउने पनि बताए ।
आधुनिक उपचार पद्धती अत्यन्तै महँगो भएको कारण गरिव तथा निम्न आर्थिक अवस्था भएकाहरुले उपचार नपाएरै मर्नु पर्ने अवस्था भएको उनको भनाइ छ ।
कार्यक्रममा अखिल नेपाल होमियोपेयथिक एसोसिएसनका केन्द्रीय अध्यक्ष डा.विष्णु प्रसाद मिश्रले राज्यले आफुहरुलाई विभेद गरेका कारण आफूहरु अपमानित हुनु परेको बताए । होमियोपेथिक एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष डा.कमलप्रसाद सुवेदीले होमियापेथिक औषधिको व्यवस्थापनका लागि सरकारले छुट्टै औषधि व्यवस्था विभाग खडा गर्नु पर्नेमा पनि जोड दिए । होमियोपेथिक एसोसिएसनका महासचिव खगेन्द्र कटुवाललगायतले बोलेका थिए ।

प्रदेश १ मा १ सय ३० जना होमियो डाक्टर, होमियो पसलका प्रीतनिथी तथा होमियोपेथहरु सहभागि रहेका थिए । एसोसिएसनको १ प्रदेशस्तरीय सम्मेलनले आजै नयाँ नेतृत्व चयन गर्नै छ ।