AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश सरकारले छिटै ऐन कानुन निमार्ण गरेर विकास निमार्णलाई प्रभावकारी बनाउँने– मुख्यमन्त्री शेरधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०७४, बुधबार १२:०९
3
Shares
फाइल तस्वीर
कुमोद अधिकारी
विराटनगर,२३ फागुन / १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले स्थानिय तहसंग समन्वय गरी विकास निमार्णको कामलाई अघि वढाउने वताए ।

नेपाल नगरपालिका संघको १ नम्वर प्रदेशको प्रादेशिक भेलालाई आज विराटनगरमा सम्वोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिटै ऐन कानुन निमार्ण गरेर विकास निमार्ण तथा जनतालाई दिने सेवालाई प्रभावकारी वनाउने वताए ।

उनले अवको एजेन्डा विकास र आर्थिक समवृद्धि भएकाले सोही अनुसार स्थानिय निकायले विकास निमार्णका योजनाहरु वनाउनु पर्नेमा जोड दिए । विकास र समवृद्धिको यात्रा प्रारम्भ भइसकेको भन्दै मुख्यमन्त्री राईले यात्रालाई गन्तव्यमा पु¥याउने दायित्व सवैको भएको वताए । स्थानिय सरकार नेपाली जनताको घरदैलोसंग जोडिएको सरकार भएकोले प्रदेश सरकारले पनी सोही अनुरुप निति तथाा कार्यक्रम ल्याउने उनले वताए ।

मुलुकका लागी संघियता पहिलो अभ्यास भएकाले संघियताको मर्म अनुसार समवृद्धि र विकासका योजनाको प्रतिफल जनताले पाउनेगरी प्रदेश विकास निमार्णका योजनाहरु ल्याउनुपर्ने उनले वताए ।

कार्यक्रममा वोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेश सरकार र स्थानिय सरकार विच समन्वय आवश्यक रहेको बताए । उनले समग्र मुलुकको हितका लागी नगरपालिकाको यो प्रादेशिक भेलाले नया रणनिति तयार गरेर अघि वढने उहाले वताए ।
एक दिने भेलामा १ नम्वर प्रदेशका एक महानगरपालिका सहित ४० नगरपालिकाका मेयर उपमेयरको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर