पूर्वाञ्चल खबर
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको छ । यस प्रतियोगितामा स्कूटी चलाउँने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागि गराउदै अंक आर्जित गर्ने छन् ।
विराटनगर प्राइमराउण्ड टेवल नं १० ले दोस्रो सस्करणको रुपमा आयोजना गर्न लागेको कार्यक्रम
संयोजक निखिल बंशलले जानकारी दिए । यस पटकको प्रतियोगीतामा एक सय वटा स्कूटी सहभागि गराउने लक्ष्य रहेको वंशलले जानकारी दिए । एक स्कूटीमा २ जना महिला सवार हुनु पर्ने र विराटनगरमा छुट्टा छुट्टै १२ स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरीने संयोजक बंशलले बताए ।
महिलाहरुको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइन लागेको उनले बताए । यस अघि पनि २०१६ मा पहिलो प्रतियोगीता आयोजना गरीएको थियो । यस बर्ष प्रथम, द्धितिय र तृतियहुनेलाई क्रमश डबल डोर रेफ्रिजेरेटर, बासिङमेसिन र माइक्रो ओभन पुरस्कार प्रधान गरिने आयोजकले जनाएको छ ।