खबर पूर्वाञ्चल
भट्टराईले भारतीय क्लिनिकमा पु¥याएका एक बिरामीको अवस्था खराब भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए। सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भट्टराईविरुद्ध सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको छ। प्रहरीका अनुसार सीमा क्षेत्रमा भट्टराईजस्तै भारतीय अस्पताल तथा क्लिनिकको दलालका रुपमा कार्यरतहरुका कारण गलत उपचारले गर्दा धेरै जनाको स्वास्थ्य अवस्था झन् बिग्रने गरेको छ।
धेरैले उपचारको बहानामा बिरामीलाई ठग्ने गरेका छन्। भारतमा रहेका क्लिनिकहरुले बिरामीलाई ग्यारेन्टीका साथ उपचार गराउने भन्दै सीमा क्षेत्रका नेपाली बजारमा एजेन्टहरु खटाउने प्रवृत्ति रहेको इप्रका बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए। पक्राउ परेका भट्टराईले आफूले १० कक्षा मात्र पढेको र भारतीय क्लिनिकका सञ्चालकले भनेर बोर्डमा विशेषज्ञ सहायक राखेको स्विकारेका छन्। पक्राउ परेपछि उनले भारतीय क्लिनिकहरुले धेरैलाई ठगी गर्दै आएको बताए। नेपाललाइभबाट