खबर पूर्वाञ्चल
विराटनगरको वि प्लटमा आज एक कार्यक्रमको आयोजना गरेर मेयर पराजुलीले अभियानको शुभारम्भ गरेका हुन् । विराटनगर महानगरपालिकाको अगुवाईमा दारी ग्याङ, विङ नेपाली, यूथ नेपाल, नेपलीज टिन्सलगायत संस्थाको सहयोगमा अभियान प्रारम्भ भएको हो ।
अभियानमा ठुलो सख्यामा यूवा यूवतीहरुको सहभागिता थियो । आगामी दिनमा यो अभियानमा निरन्तर चली रहने वताइएको छ । सडकका पेटी तथा सडकको दायावाया रहेको फोहर उठाउने कार्यमा मेयर पराजुली आफै जुटेपछि यूवाहरुले सहयोग गरिरहेका थिए ।
सडकमा पान पराग गुटखा तथा कागज तथा प्लास्टिकजन्य फोहरहरु वढिमा मात्रामा भिटिएको थियो । महागनरपालिकाका नगर प्रहरीहरु समेतले फोहर उठाउने अभियानमा जुटेका छन । मेयर पराजुलीले वि प्लट, मेन रोड, पत्रकार महासंघ, शनसारी माईस्थान तथा जलजला चौकलगायतका सडकका पेटि तथा छेउछाउमा रहेका फोहर सफा गरेका छन् ।
महानगरपालिकाले घरवरपर सफा राख्नेलाई करमा छुट दिने व्यववस्था मिलाएको छ । तर महानगरपालिकाको प्रभावकारी रुपमा फोहर व्यवस्पन हुन सकेको छैन । प्रभावकारी अनुगमन नभएपछि सडकमा फोहर फाल्ने प्रवृति वढेको हो ।
फोहर व्यवस्थापन अभियानमा जुटेका मेयर पराजुलीले सडक छेउमा होटल तथा पसल व्यवसाय संचालनगर्दै आएको व्यवसायीलाई जथाभावी सडकमा फोहर नफाल्न आग्रह गरे ।
पसल अगाडी उमिएर पराजुलीले फोहर फाल्नका लागी महानगरपालिकाले मजदुर तथा सवारी साधन परिचालन गरेकाले एकठाउमा फोहर जम्मा पार्न समेत व्यवसायहरुलाई समेत आग्रह गरे । महानगरपालिकाले अटेर गरेर जथाभावी फोहर फाल्नेलाई कार्वाही गर्ने समेत उनले जानकारी दिए ।
क्लिन सहर वनाउने अभियानमा आगामी दिनमा महानगरपालिकाले यूवाहरुसंग जोडिएका ५० भन्दा वढि संघसंस्थाहरु सगै सहकार्य गरेर अघि वढने जनाएको छ ।
विराटनगरमा रहेका संस्थाहरुसंग फोहर व्यवस्थापन तथा जनचेतना अभिवृद्धिको अभियानमा मात्र नभई समग्र विराटनगर विकासमा महानगरपालिकाले हातेमालो गरेर अगाडी वढने महानगरपालिकाले जनाएको छ ।
विराटनगरको विकासमा सवैको योगदान र सहयोग आवश्यक भएकाले यो अभियानमा सवैलाई सहयोग पु¥याउन मेयर पराजुलीले आग्रह गरे ।
विराटनगर महानगरपालिकामा दैनिक ९० देखि १ सय टन फोहर उत्तपादन हुदै आएको छ । जसमा १० प्रतिशत अस्पतालजन्य फोहर हुने गरेको छ ।