RUMPUM
animated ellipse animated ellipse

प्रत्येक बिहिवार क्याविनेट बैठक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७४, आईतवार ११:५४
3
Shares
मन्त्रिपरिषद बैठकका निर्णयबारै जानकारी दिँदै सरकारका प्रवक्ता कार्की । तस्वीर -पुष्पराज थपलिया
विराटनगर, २० फागुन/ प्रत्येक बिहिवार प्रदेश नम्बर १ को मन्त्रीपरिषद बैठक बस्ने भएको छ । प्रदेश नम्बर १ को आज विहान बसेको मन्त्री परिषदक बैठकले प्रत्येक बिहिवार बैठक बस्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद बैठकले एक सय दिने कार्यक्रम तय गरी लागु गर्ने निर्णय पनि गरेको छ । एकसय दिने कार्यक्रम २२ गते सार्वजनिक गरिने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

चालु आर्थिक बर्षको असार सम्मकालागि बजेट तर्जुमा गरी पारित गर्न चैत १५ गते भित्र तयारी गर्ने निर्णय भएको उनले जानकारी दिए । उनका अनुसार प्रदेश नम्बर १ को विकास निर्माणलाई अनुगमन गर्न समिति पनि निर्माण गर्ने निर्माण गरिएको छ ।
आन्तरिक कानुन मन्त्रीको नेतृत्वमा सामाजिक विकास मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री, बन पर्यटन मन्त्री र मुख्यमन्त्री कार्यालयको प्रशासन सचिवको नेतृत्वमा अनुगमन समिति निर्माण गरिएको हो ।

बैठकले आन्तरिक क्यालेन्डर पनि निर्माण गरिने भएको छ । कानुन मन्त्रालयको सचिवको नेतृत्वमा एक विज्ञ रहनेगरी चार सदस्य सुझाव समिति निर्माण गर्ने निर्णय भएको छ । मन्त्री परिषद बैठकले आर्थिक कार्यविधि विधय २०७४ तर्जुमाकालागि स्वीकृति पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर